Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

‘ए’ डिभिजन लिग फुटबलमा आज सातदोबाटो र फ्रेन्ड्स तथा मनाङ र चर्च ब्वाइज खेल्दै


काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् ।

एन्फा कम्प्लेक्समा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ ।

यस्तै च्यासल मैदानमा दिउँसो ३ बजे नै हुने खेलमा मनाङ मस्र्याङ्दी क्लब र चर्च ब्वाइज युनाईटेडबिच प्रतिस्पर्धा हुनेछ ।

१४ टोली सहभागी लिगको पुछारका दुई वटा टोली रेलिगेशनमा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट