Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

भारतले जित्यो काभा महिला भलिबलको उपाधि


काठमाडौं । एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको उपाधि भारतले जितेको छ । आज आइतवार त्रिपुरेश्वरको कभर्ड हलमा भएको फाइनलमा काजकिस्तानलाई हराउँदै भारतले उपाधि जितेको हो ।

भारतले काजकिस्तानलाई ३–० को सोझो सेटमा हरायो । भारतले पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१८ ले जित्यो । योसँगै भारतले अपराजित रहँदै प्रतियोगिता सकेको छ । भारत उज्बेकिस्तानलाई हराउँदै फाइनलमा पुगेको हो भने काजकिस्तान नेपाललाई हराउँदै फाइनलमा पुगेको हो ।

प्रतियोगितामा काजकिस्तान उपविजेता बन्दा, नेपाल तेस्रो, उज्बेकिस्तान चौथो, श्रीलङ्का पाँचौँ, किर्गिस्तान छैटौँ, माल्दिभ्स सातौँ र बङ्गलादेश आठौँ भएका छन् । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् (राखेप) को विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएको हो । प्रतियोगितामा सहभागी देशलाई दुई वटा समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’ मा नेपाल, भारत, किर्गिस्तान र बङ्गलादेश रहेका थिए भने समूह ‘बी’ मा माल्दिभ्स, श्रीलङ्का, उज्बेकिस्तान र काजकिस्तान थिए ।


क्याटेगोरी : खेलकुद
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट