Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

मनाङ र फ्रेन्ड्सले बराबरी खेले


काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेलेका छन् ।

आज आइतवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा मनाङ र फ्रेन्ड्सले १–१ गाेलकाे बराबरी खेलेका हुन् । मनाङका लागि निराजन धामीले गाेल गरे । फ्रेन्ड्सका अमित तामाङले गाेल गरे ।

बराबरी खेल्दै मनाङ र फ्रेन्ड्सले १/१ अङ्क बाँडेका छन् । मनाङ २४ खेलमा ३२ अङ्कसहित तालिकाकाे छैटौँ स्थानमा छ । फ्रेन्ड्स २६ अङ्कसहित १३ औँ स्थानमा छ ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट