Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

एएफसी यू–२० महिला एसियन कप छनोटः नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै


ललितपुर, २५ जेठ । एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ। एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपालले चीनसँग खेल्न लागेको हो।

खेल दिउँसो पौने ३ बजे म्यानमारको याङगुनस्थित थुवुन्ना रंगशालामा शुरु हुनेछ। आफ्नो पहिलो खेलमा म्यानमारसँग हारिसकेको नेपालका लागि चीन बलियो प्रतिस्पर्धी हो। पहिलो खेलमा चाइनिज ताइपेइलाई १–० ले हराएर उच्च मनोबल बटुलेको चीनका लागि नेपाल तुलनात्मक रूपमा सहज प्रतिस्पर्धीका रूपमा रहेको विश्लेषण गरिएको छ।

चीन दोस्रो जीतको खोजीमा हुनेछ भने नेपाल आज चीनलाई हराएर पहिलो जित दर्ता गर्ने ध्यानमा हुनेछ। पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग ५–० ले पराजित भएको थियो। छनोटको समूह ’बी’ को नेपाल अंकविहीन रहँदै पुछारमा रहेको छ । चीन ३ अंक जोडेर दोस्रो स्थानमा छ।

म्यानमार ५ गोल गरेको आधारमा चीनभन्दा माथिल्लो स्थानमा छ। दुवैको ३–३ अंक छ। बिहीबारको खेलपछि नेपालले अन्तिम खेलमा शनिबार चाइनिज ताइपेसँग खेल्नेछ। नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट दोस्रो चरणमा प्रवेश पाएको हो। त्यतिवेला समूह ’बी’ मा रहेको नेपाल समूहको विजेता बन्दै दोस्रो चरणमा पुगेको हो।


क्याटेगोरी : खेलकुद
ट्याग : #AFC women football, #football

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट