Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

विश्व टेस्ट च्याम्पियनशिप : भारत पहिलो पारीमा २ सय ९६ रनमा अलआउट


काठमाडौं । आईसीसी विश्व टेस्ट च्याम्पियनशिप २०२३ को फाइनलको पहिलो पारीमा भारत २ सय ९६ रनमा अलआउट भएको छ ।

इङ्ग्ल्यान्डको द ओभलमा भारत तेस्रो दिनको खाना समयपछि २ सय ९६ रन बनाउँदा अलआउट भयो । भारतका अजिन्क्या रहाणेले सर्वाधिक ८९, शार्दुल ठाकुरले ५१ र रविन्द्र जडेजाले ४८ रन बनाए । अस्ट्रेलियाका प्याट कमिन्सले ३ तथा मिचेल स्टार्क, स्कट बोल्यान्ड र क्यामरन ग्रीनले २र२ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो पारीमा ४ सय ६९ रन बनाएको थियो । अस्ट्रेलिया १ सय ७३ रनले अघि छ ।

भारतले पछिल्लो १० वर्षदेखि आईसीसीका कुनै पनि प्रतियोगिताको उपाधि जितेको छैन । भारतले २०१३ मा इङ्ल्यान्डलाई हराएर आईसीसी च्याम्पियन्स ट्रफी जितेयता आईसीसीका प्रतियोगिताको उपाधि जितेको छैन ।

भारत पहिलो संस्करणको टेस्ट च्याम्पियनशिपको उपविजेता हो । २०२१ मा भएको फाइनलमा भारत न्युजिल्यान्डसँग पराजित भएको थियो ।


क्याटेगोरी : खेलकुद
ट्याग : #circket

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट