Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

एसियाडका लागि चार टेनिस खेलाडी छनोट


काठमाडौं, २९ जेठ । चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि टेनिसको अन्तिम छनोट सम्पन्न भएको छ । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा नेपाल टेनिस संघले आयोजना गरेको प्रतियोगिताबाट पुरुष÷महिलामा समान २–२ गरी ४ खेलाडी छनोट भएका छन् ।

पुरुषमा अभिषेक बाँस्तोला र प्रदीप खड्का तथा महिलामा अभिलाषा विष्ट र माहिका राणा क्रमशः शीर्ष २ मा रहँदै एसियाड सहभागिता निश्चित गरे । पाँचदिने छनोटको पुरुषमा ९ तथा महिलामा ७ जनाले राउन्ड रोविन लिग पद्धतिमा प्रतिस्पर्धा गरेका थिए ।


क्याटेगोरी : खेलकुद
ट्याग : #tennis

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट