Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रविधिले खडा गरेको ‘दोस्रो विश्व’


जव शहरमा कुनै दुर्घटना हुन्छ, तव हरेक व्यक्ति हातमा मोवाइल लिएर फोटो र भिडियो खिच्न व्यस्त हुन्छन् । तस्बिर र भिडियो खिचेर समाजिक सञ्जाल फेसबुक र युट्युवमा पोष्ट गर्ने सबैलाई हतार हुन्छ । मानौं यहाँका आमनागरिक पत्रकार हुन् ।

उता दुर्घटनामा घाइते भएको व्यक्ति जीवन मरणको दोसाँधमा छ्पटाइरहेको हुन्छ । छेउमा रमिता हेरेर बस्ने कसैलाई पनि दुर्घटनाग्रस्त व्यक्तिलाई उठाउने, पानी पिलाउने र बगिरहेको रगतमा हात लगाएर रगत थाम्ने चिन्ता हुँदैन । सवारी दुर्घटना भएको केही समयपछि ट्राफिक प्रहरी र अन्य सुरक्षाकर्मीहरु घटनास्थलमा पुग्छन् तर उनीहरुलाई पनि घाइतेको यथाशीघ्र उपचार गर्नतर्फ र अस्पताल लैजानतर्फ ध्यान जाँदैन । उनीहरु पनि आफ्नो जागिर पकाउन अर्थात, घटनाको बारेमा मुचुल्का तयार गर्न लाग्छन् ।

यस्तो दृश्य कुनै काल्पनिक दन्त्य कथा होइन । यस्ता घटना काठमाडौं लगायत देशका धेरैजसो ठाउँमा दैनिकजसो देखिँदै आएका छन् । पोखरामा दुई महिना अघि भएको यति एयरको विमान दुर्घटनास्थलमा धेरै मानिसहरुले ‘सेल्फी’ खिचेर सामाजिक सञ्जालमा ‘पोष्ट’ गरे । देशमा साना तथा ठूला सवारी साधानको दुर्घटना नभएको कुनै दिन हँुदैन । ती दुर्घटनास्थालमा हातमा मोवाइल बोकेर भिडियो तयार पार्नेको भिडले उद्धारकर्तालाई नैं असहज र अप्ठेरो अवस्था सिर्जना हुने गरेका छन् । विज्ञान र प्रविधिको आजको युगमा नेपाली समाज कतातिर जाँदै छ ? हामी नेपालीहरुको मानवीयता के हो ? यो प्रश्न यतिबेला गम्भीर रुपले खडा भएको छ ।

एउटा प्राकृतिक विश्व हो । जहाँ हामी पाइला टेक्छौं, अनाज उमार्छौँ, सास फेर्छौँ र बस्छौंँ । अर्को, प्रविधिले खडा गरिदिएको ‘भर्चुअल’ अर्थात, अप्राकृति विश्व हो । दोस्रो विश्वलाई कम्प्टयुर, विद्युत, मोवाइल, वाईफाई र इन्टरनेटले आदिले खडा गरिदिएको छ । अहिलेको पुस्ता प्राकृतिक भन्दा ‘भर्चुअल’ विश्वमा बढि रमाइरहेको छ । जसलाई ‘न्यू मिडिया’ पनि भनिन्छ । यस्तो लाग्छ, अहिलेको दोस्रो विश्वले पहिलो विश्वलाई नियन्त्रण र नियमन गरिरहेको छ । तर के हुनुपर्थ्यो भने पहिलो विश्वले चाहिँ दोस्रो विश्वलाई नियन्त्रण र प्रयोग गर्नुपर्थ्यो ।

प्रविधिको युगले मानिसलाई अल्छी बनाउँदै लगेको छ । यसको दुरुपयोगले गर्दा बौद्धिक चोरी ह्वारह्वारी बढेको छ । पत्रकारहरुकै समाचार एउटा अनलाइनबाट अर्कोमा व्यापक चोरी (कपी पेष्ट) भएको छ । मानिसमा नयाँ सिर्जनशीलता मर्दै गएको छ । सबैभन्दा ठूलो असर त प्रबिधिले हरेकलाई भिडियोग्राफर बनाइदिएको छ, हरेकलाई पत्रकार बनाइदिएको छ र हरेकलाई विश्लेषक बनाइदिएको छ । प्रविधिले मानिसलाई मानवीय कार्यमा अभिरुची होइन अरुची लगाइदिएको छ । यहाँ सेवाभाव मर्दै गएको छ ।

त्यसैले प्रविधिले हामीलाई चलाउने होइन, हामीले प्रविधिलाई चलाउने र मानवीयता र समाजिक कार्यलाई अझ उचाइमा पुर्याउँदै लैजानु आज हामी सबैको दायित्व बनेको छ ।

प्रविधिले गर्दा झन सहरीया मानिसहरुमा मानवीयता कमजोर हुँदै छ । भनिन्छ, गाउँमा घरहरु टाढा हुन्छन् तर सम्वन्धहरु नजिक र गाढा हुन्छ । तर, सहरमा घरहरु नजिक हुन्छन् तर सम्वन्ध र मानवीयताहरु निकै टाढा हुन्छन् ।

तिबेला दुईवटा विश्व हाम्रो सामू देखा परेका छन् । एउटा प्राकृतिक विश्व हो । जहाँ हामी पाइला टेक्छौं, अनाज उमार्छौँ, सास फेर्छौँ र बस्छौंँ । अर्को, प्रविधिले खडा गरिदिएको ‘भर्चुअल’ अर्थात, अप्राकृति विश्व हो । दोस्रो विश्वलाई कम्प्टयुर, विद्युत, मोवाइल, वाईफाई र इन्टरनेटले आदिले खडा गरिदिएको छ । अहिलेको पुस्ता प्राकृतिक भन्दा ‘भर्चुअल’ विश्वमा बढि रमाइरहेको छ । जसलाई ‘न्यू मिडिया’ पनि भनिन्छ । यस्तो लाग्छ, अहिलेको दोस्रो विश्वले पहिलो विश्वलाई नियन्त्रण र नियमन गरिरहेको छ । तर के हुनुपर्थ्यो भने पहिलो विश्वले चाहिँ दोस्रो विश्वलाई नियन्त्रण र प्रयोग गर्नुपर्थ्यो ।

जव समाजमा केही प्राकृतिक घटना तथा दुर्घटना हुन्छन्, कसैको निधन हुन्छ वा कोही बिरामी हुन्छ, तव मानिसहरु हताहतारमा श्रद्धाञ्जली, समवेदना, सिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्न हतार गर्छन् । समाजिक सञ्जालमार्फत यसरी प्रतिकृया व्यक्त गर्नुको सट्टा स्वयम् व्यक्तिको भौतिक उपस्थित ती स्थानमा हुन जरुरी छ । त्यसैले प्रविधिको व्यापक प्रयोगले मानिसको मानवीयता मार्दै गएको छ । सामाजिक सञ्जालको व्यापक प्रयोगले मानिसलाई असामाजिक एक एकलकाटे बनाइ रहेको छ ।

सामाजिक सञ्जाल अर्थात, ‘भर्चुअल वल्र्ड’मा मात्र रमाउनेहरु बिस्तारै समाजवाटै बहिस्कृत हुँदै पनि गएका छन् । जव ‘भर्चुअल वल्र्ड’मा रमाइरहेको मानिसको इन्टरनेट ‘डिसकनेक्ट’ हुन्छ तव उसको अप्राकृतिक विश्व क्षणभरमा सिनित्तै सखाप हुन्छ । अनि मानिस निद्राबाट झल्याँस्स ब्युझिए जसरी पुनः प्राकृति विश्वमा फर्किन्छ तव उसका लागि सबै बास्तविक कामहरु भताभुङ्ग र लथालिङ्ग भइसकेका हुन्छन् ।

त्यसैले प्रकृतिभन्दा माथि कोही र केही छैन । दोस्रो विश्वले हामीलाई सूचना, चेतान, जागरण, मनोरञ्जन शिक्षा आदि त दिन्छ तर सास फेर्ने हावा, खाने अन्न, पिउने पानी धर्ती, माटो लगायत ‘भर्चुअल वल्र्ड’मा अपलोड गर्ने सबै सामाग्रीहरु त बास्तविक विश्वबाट नै लिइएको हुन्छ । हामीले चाहिने भन्दा बढि समय ‘भर्चुअल वल्र्ड’मा बिताउनु घातक हुन्छ । यो बिभिन्न परिघटनाहरुले पनि प्रमाणीकरण गरिसकेको छ ।

आफूलाई नचाहिने सामाग्री जस्तै हत्या, हिंसा, काटमार, अश्लिल सामाग्रीहरु, अरुको मानहानी, गालीगलौज र गैरकानूनी कृयाकलापहरु पनि ‘न्यू मिडिया‘ मार्फत किमार्थ गर्नु हुँदैन । इन्टरनेट र सामाजिक सञ्जालका प्रयोगकर्ताहरु यस्ता विषयमा जानकार हुन सके समाजमा हुने बलात्कार, भ्रष्टाचार, हत्या, अपहरण आदि नियन्त्रण गर्दे समाजलाई स्वस्थ बनाउने सकिनेमा पक्कै पनि कसैको दुई मत नरहला ।


क्याटेगोरी : बिचार, विज्ञान
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट