Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

‘गोर्खापत्र’, ‘गोरखापत्र’ र राष्ट्रिय पत्रकारिता दिवस


नेपाल सरकारको स्मामित्वमा रहेको गोरखापत्र दैनिक आज आइतबारदेखि १२३ औँ वर्षमा प्रवेश गरेको छ । यस पत्रिकाको पहिलो प्रति २४ वैशाख १९५८ देखि तत्कालिन राणा प्रधानमन्त्री श्री ३ देव सम्शेरको समयमा प्रकाशित भएको थियो ।

यो पत्रिकाको नाम गोरखा र पत्र दुई शब्द मिलेर बनेको हो । पहिले नेपाल अधिराज्यलाई गोरखा राज्य पनि भनिन्थ्यो र नेपाली भाषालाई गोरखाली भाषा भनेर चिनिन्थ्यो । सुरुमा पत्रिकाको नाम ‘गोर्खापत्र’ लेखिएको थियो, पछि १९८३ जेठ, ४ गते ‘गोरखापत्र’ मा परिवर्तन गरेको थियो । राजा ज्ञानेन्द्र शाहको शासनकालमा, नामलाई प्रारम्भिक रूपमा फर्काइएको थियो तर ज्ञानेन्द्रको शासन समाप्त भएपछि १८ वैशाख २०६३ मा फेरि यसको दोस्रो रूप ‘गोरखापत्र’ मा परिवर्तन गरियो ।

इतिहास

वि.सं. १९५८ साल वैशाख २४ गते सोमबारदेखि प्रकाशन थालिएको गोरखापत्र पहिले साप्ताहिक रूपमा प्रकाशन हुने गर्थो । वि.सं. १९५८ मा उच्च शासकको रेखदेखमा प्रकाशित हुने गोरखापत्र गैरसरकारी स्तरमा स्थापना भएको पाशुपत छापाखानामा छापिन्थ्यो । पण्डित नरदेव पाण्डे यसका मुद्रक र प्रथम व्यवस्थापक थिए । तर वि.सं. १९९१ अर्थात् गोरखापत्र प्रकाशित हुन थालेको ३३ वर्षछि मात्र यसका सम्पादकको नाम छापिन थाल्यो। यसरी नाम प्रकाशित हुने प्रथम सम्पादक प्रेमराज हुनुहुन्थ्यो । त्यसपछि गोरखापत्रमा सम्पादकीय लेख्न पनि थालियो । त्यसअघि सम्पादकीयका लागि छुट्टै कोलम नैं दिएर प्रकाशित हुँदैनथ्यो । सम्पादकीय लेख्नुभन्दा भन्दा अघि सम्पादकको विचार भनेर लेखिन्थ्यो ।

हप्ताको एकपटक प्रकाशित हुने गोरखापत्र २००० साल असोज २९ गतेदेखि हप्ताको दुई पटक, २००३ साल पुस ८ गतेदेखि हप्ताको तीनपटक र २०१७ साल फागुन ७ गतेदेखि दैनिक रूपमा प्रकाशित हुन थाल्यो । २०१९ साल असार ९ गतेदेखि शनिबार विशेष परिशिष्टांक निस्कन शुरु गरेको नेपालको छापाखाना तथा पत्रपत्रिकाको इतिहासमा उल्लेख भएको पाइन्छ ।

यतिबेला देशले प्राप्त गरेको संघीयतामाथि नैं केही राजनीतिक दलका नेताहरुले बिरोध गर्दै आएका छन् । जनआन्दोलनको जगमा फ्याँकिएको राजतन्त्र फर्काउने कुचेष्टाहरु हुँदै आएका छन् । यी यावद मुद्दाहरुमा जनतालाई उचित जानकारी, सूचना र शिक्षा दिन पत्रकारिता क्षेत्रले अनदेखा र कन्जुस्याई गर्नु हुँदैन । प्राप्त उपलव्धिको रक्षा गर्दै जनतालाई थप अधिकार दिलाउन प्रेस जगतको हरहमेशा जरुरत र आवश्यकता परिनै रहन्छ । सरकार अस्थायी हुन्छ तर पत्रकारिता स्थायी र अजर हुन्छ । पत्रकारितालाई थप उचाइमा पुर्याउन सबै सञ्चारकर्मीहरुले इतिहासको मूल्याङ्कन गर्दै अगाडि बढ्ने हिम्मत र जोश बटुल्नु पर्छ ।

२०२२ साल पुस १ अर्थात् सन् १९६५ डिसेम्बर १६ देखि वरुण शमशेर जबराको सम्पादकत्वमा अङ्ग्रेजी दैनिक द राइजिङ नेपाल, २०२५ साल जेठदेखि साहित्यिक मासिक ‘मधुपकर्’, २०४५ साल असारदेखि ‘युवामञ्च’ (मासिक), २०४७ वैशाख देखि अङ्ग्रेजी साप्ताहिक ‘सन्डे डिस्प्याच’, २०४७ सालदेखि बालपत्रिका ‘मुना’ र २०५५ वैशाखदेखि मनोरञ्जन प्रधान मासिक मनोरम अप्सराको प्रकाशन सुरू भएको हो । गोरखापत्र संस्थानको पारिवारिक पत्रिका ‘मनोरम अप्सरा’ (मासिक) सातौ प्रकाशन हो भने यस संस्थानबाट नेपाली भाषामा प्रकाशित हुने पाँचौं पत्रिका हो । २०४६ भदौ २ गते शुक्रबारदेखि प्रत्येक शुक्रबार विशेषांक निस्कन्थ्यो, तर पछि बन्द भयो । २०१९ सालमा १ महिनाजति गोरखापत्रको ‘मूल प्रति हेरेर मिलाउने संस्करण’ र २०२१ साल (सन् १९६४)मा मासिक अङ्ग्रेजी ‘द नेपाल पर्सपेक्टिभ’ प्रकाशन भएर बन्द भयो । अहिले अंग्रेजीमा ‘फ्राईडे सप्लिमेन्ट’, ‘शनिबार’, ‘नयाँ नेपाल’ (बिभिन्न भाषाभाषि) लोकसेवाको तयारी विशेषका साथसाथै समासमयीक राजनीति, कला, साहित्य, मनोरञ्जन, जागरण, चेतना, अभिप्रेरणा र भाषाको जगेर्नामा समर्पित छ ।

हप्ताको एक दिन प्रकाशित हुने गोरखापत्रको परिवारमा गोरखापत्र ऐन, २०१९ जारी भएपछि वृद्धि भएको देखिन्छ । २०२० साल असार २५ गतेदेखि यो संस्थानका रूपमा परिणत भएको हो । अहिले गोरखापत्र अनलाईनपनि पढ्न सकिन्छ ।

राष्ट्रिय पत्रकारिता दिवसः
नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिएको छ । तत्कालिन सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रियरुपमै मनाउन मान्यता दिएपछि यो दिवस सात वर्ष अघिदेखि हरेक वर्ष मनाउन थालिएको हो ।

यस अवसरमा पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पु¥याउने वरिष्ठ पत्रकारलाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिँदै आएको छ ।

नेपालको राणा शासनको अन्त्य गर्दै प्रजातन्त्र ल्याउनका लागि, निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गर्दै स्वच्छ र स्वस्थ रुपमा सरकारका गलत कृयाकपालको आलोचना गर्न पाउने अधिकार, दस वर्षे जनयुद्धको सफलता, राजतन्त्रको अन्त्य र देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली पत्रकारिता एवम् प्रेस जगतको अविस्मरणीय एवम् अतुलनीय योगदान गरेको छ । आज हामीले प्राप्त गरेको व्यस्था ल्याउनका खातिर सयौँ पत्रकारहरुले ज्यानको बाजी लगाएका छन्, धेरै मारिएका छन्, धेरैले यातना पाएका छन्, धेरै बेपत्ता पारिएका छन् र जेलनेल भोगेका छन् । त्यसैले यो व्यस्था टिकाउँदै थप उपलव्धि हात पार्न प्रेस जगत हरहमेशा ‘वाच डग’को भूमिकामा रही पहरेदारी गरिरहनु पर्छ । प्रेस कानुनहरु परिमार्जन र परिस्कृत गर्दै अघि बढ्नु पर्छ ।

सञ्चारसम्बन्धी नयाँ कानुन बन्दैः

यतिबेला मुलुकमा सञ्चारसम्बन्धी नयाँ कानुन निर्माणको चरणमा छन् । यसक्रममा सरोकारवाला पक्षसँग व्यापक छलफल चलिरहेको छ । देश संघीय संरचनामा गइसकेपछि केही स्थानीय तहहरुले सञ्चारसम्बन्धी काुनन पनि बनाएका छन् । कतिपय कानुनहरु संविधाको मर्म र भावनामा बाझिने गरी बनेका छन् । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने, संविधानको प्रस्तावनामै उल्लेख गरिएको ‘पूर्ण प्रेस स्वतन्ता’ लाई धावा दिनेगरी कानु बनाइनुले पनि सञ्चारसम्बन्धी कानुन थप बलियो र समयसापेक्ष बनाउन जरुरी देखिन्छ । यसै सन्दर्भमा आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण सञ्चारकर्मीकासाथै आमजनसमुदायमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली सञ्चार क्षेत्रको पुनःसंरचना र संरचना निर्माणका साथै सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरोकार पक्षसँग व्यापक छलफल र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेपालमा लोकतन्त्र, गणतन्त्र स्थापना एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि पत्रकारिता क्षेत्रको भूमिका स्मरणीय छ । संविधानमै उल्लेख गरिएको ‘समाजवादउन्मुख’ प्रस्तवलाई मूत रुप दिन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुन जरुरी छ । नेपालको राणा शासनको अन्त्य गर्दै प्रजातन्त्र ल्याउनका लागि, निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गर्दै स्वच्छ र स्वस्थ रुपमा सरकारका गलत कृयाकपालको आलोचना गर्न पाउने अधिकार, दस वर्षे जनयुद्धको सफलता, राजतन्त्रको अन्त्य र देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली पत्रकारिता एवम् प्रेस जगतको अविस्मरणीय एवम् अतुलनीय योगदान गरेको छ । आज हामीले प्राप्त गरेको व्यस्था ल्याउनका खातिर सयौँ पत्रकारहरुले ज्यानको बाजी लगाएका छन्, धेरै मारिएका छन्, धेरैले यातना पाएका छन्, धेरै बेपत्ता पारिएका छन् र जेलनेल भोगेका छन् । त्यसैले यो व्यस्था टिकाउँदै थप उपलव्धि हात पार्न प्रेस जगत हरहमेशा ‘वाच डग’को भूमिकामा रही पहरेदारी गरिरहनु पर्छ । प्रेस कानुनहरु परिमार्जन र परिस्कृत गर्दै अघि बढ्नु पर्छ ।

आगामी कार्यभारः

अझै नेपाली पत्रकारिताले समाजका बेथिति, विसङ्गति तथा विकास, सुशासन र समृद्धिका पक्षमा निरन्तर स्वतन्त्र, भयरहित एवं निश्पाक्ष तवरले लेखिरहन र बोलिरहन सक्ने वातावरण खोजिरहेको छ ।, द्वन्द्व, आन्दोलन, प्राकृतिक विपत्, महामारीका बीचमा पनि नेपाली पत्रकारले सम्झौता नगरी आफ्नो कर्मप्रति देखाएको सेवाभाव निकै अनुकरणीय छ । आफ्नो व्यक्तिगत स्वार्थलाई फ्याँकेर समग्र समाज र राष्ट्रप्रति समर्पित भएर पत्रकारिता कर्मलाई अघि बढाउन सक्ने जोस, जाँगर र हिम्मत पत्रकारहरुमा सदैब भइरहनु पर्छ ।

यतिबेला देशले प्राप्त गरेको संघीयतामाथि नैं केही राजनीतिक दलका नेताहरुले बिरोध गर्दै आएका छन् । जनआन्दोलनको जगमा फ्याँकिएको राजतन्त्र फर्काउने कुचेष्टाहरु हुँदै आएका छन् । यी यावद मुद्दाहरुमा जनतालाई उचित जानकारी, सूचना र शिक्षा दिन पत्रकारिता क्षेत्रले अनदेखा र कन्जुस्याई गर्नु हुँदैन । प्राप्त उपलव्धिको रक्षा गर्दै जनतालाई थप अधिकार दिलाउन प्रेस जगतको हरहमेशा जरुरत र आवश्यकता परिनै रहन्छ । सरकार अस्थायी हुन्छ तर पत्रकारिता स्थायी र अजर हुन्छ । पत्रकारितालाई थप उचाइमा पुर्याउन सबै सञ्चारकर्मीहरुले इतिहासको मूल्याङ्कन गर्दै अगाडि बढ्ने हिम्मत र जोश बटुल्नु पर्छ । (लेखक पत्रकारिता एवम् प्राध्यापनमा संलग्न हुनुहुन्छ ।)


क्याटेगोरी : बिचार, साहित्य
ट्याग : #gorkhapatra, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट