Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

उखु किसानको समस्या तत्काल समाधान गर्न सांसद अमेरस कुमार सिंहको माग


काठमाडौं, ७ जेठ । सांसद अमेरस कुमार सिंहले उखु किसानको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । संसदको शून्य समयमा बोल्दै उनले अहिलेसम्म उनीहरुले उखुको भुक्तानी नपाएको भन्दै भुक्तानी दिन माग गरे ।

धान रोप्ने समय आउन लाग्दासमेत भुक्तानी नपाएको बताउँदै उनले भने, ‘पैसा नभएर कसरी धानबाली लगाउने? कसरी मल किन्ने कसरी बिउ किन्ने ? त्यसकारण उखु किसानको समस्या तत्काल समाधान होस् ।

उखु नगदेबाली भए पनि सरकारले उधारो बाली बनाइदिएको उनको भनाइ छ । ‘किसानलाई न समयमा मल दिने, न बिउ दिने न सिचाइको व्यवस्था गर्ने सरकारले उल्टै किसानले मिहिनेत गरेर उँखु उत्पादन गर्छ, त्यसलाई सरकारले उधारोमा लट्काइदिन्छ,’ उनले भने ।


क्याटेगोरी : कृषि, राजनीति, संसद
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट