Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मुर्रा राँगाको चर्चा र यसका विशेषता


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमणका क्रममा भारतले नेपाललाई १५ वटा मुर्रा प्रजातिका राँगा उपलब्ध गराउने विषयले यतिबेला, नेपाली समाज, सञ्चारमाध्यम, सामाजिक सञ्जाल, सदन–सरकार सबैतिरबाट चासो व्यक्त भइरहेको छ । नेपालमा भैँसीको नश्ल सुधारका लागि अघिल्ला सरकारले नै मागेको र अहिले भारतले आफू भ्रमणमा जाँदा उपलब्ध गराउने प्रतिबद्धा जनाएको प्रधानमन्त्री प्रचण्डले भारतबाट फर्किएलगत्तै त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलन र संघीय संसदमा स्पष्ट जवाफ दिइसक्नु भएको छ । विशेषगरी सरकारको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सहित राप्रपा, नेमकिपा, रास्वपा र केही स्वतन्त्र सांसदले मुर्रा राँगा (भैँसी)का बारेमा टिकाटिप्पणि गरेपछि यो विषयले चर्चा पाएको हो । तर यी मुर्रा जातका राँगा प्रधानमन्त्री प्रचण्ड स्वयम्ले भारतसँग माग्नुभएको भने होइन । प्रधानमन्त्री प्रचण्डले संघीय संसद बैठकमा आफूले मुर्रा मागेको नभई बिगत सात वर्ष अघिको सरकारले मागको र सोही अनुरुप भारतले प्रदान गर्न लागेको जवाफ दिनुभएको छ ।

यस विषयमा विगतको सरकारले के निर्णय गरेको थियो भनेर राजनीति दल र मिडियाले अध्यन गर्न जरुरी छ । अध्यन गरेर बोलिएका विषयबस्तुले तर्क दिन्छ, तर विना अध्ययन बोलिएका तथ्यहीन कुराले आपसमा कलह र वैमनष्यता मात्र सिर्जना गर्छ । संविधानको सफल कार्यान्वयन गर्दै सुशासन, आर्थिक बृद्धि, रोजगारीको सिर्जना आदिमा दिलोज्यान दिएर खटिइरहनु भएका प्रधानमन्त्री प्रचण्डलाई कसरी खुट्टा तान्न, खुइल्याउन र हतोत्साहित पार्न सकिन्छ भनेर केही राजनीतिक दलका नेताहरु अघि सरेका छन् । आखिर यस्ता विषय एकैछिन उठेर फुट्ने पानी फोका मात्र हुन् । हत्केलाले सूर्यलाई छेक्न सकिन्न भनेझैँ सत्यतालाई पनि ढाकछोप गर्न केही दिन त सकिएला त तर एक दिन त्यो सबैका सामू घामझैँ छर्लङ्ग प्रकट हुन्छ नै ।

यद्यपि प्रधानमन्त्रीले मुर्रा राँगा माग्नुभएकै भएपनि बिग्रनेवाला केही थिएन । आखिर यस अघिको

सरकारले पनि मागेकै त हो । एक असल र धनी छिमेकी मुलुकले अर्को गरिव तथा विकासोन्मुख छिमिकी मुलुकलाई आफ्नो देशमा उत्पादन भएका पशु, प्रविधि आदि उपहारस्वरुप प्रदान गर्दा दुई देशबीचको मित्रता र कुटनीतिक सम्बन्ध अझै प्रगाढ हुन्छ । यसोतः नेपालले पनि केही वर्ष अघि चीनलाई उपहारस्वरुप एकजोर जलगैँडा पठाएको थियो । आर्थिकरूपमा संकटग्रस्त छिमेकी देश श्रीलंकाले पनि चीनमा एक लाखसम्म लोपोन्मुख बाँदर निर्यात गर्नेबारे विचार बिमर्श गरिरहेको

 

छ । अध्ययनका लागि एक समितिसमेत गठन गरिएका समाचारहरु बाहिरिएका छन् ।

प्रधानमन्त्रीले मुर्रा राँगा माग्नुभएकै भएपनि बिग्रनेवाला केही थिएन । आखिर यस अघिको सरकारले पनि मागेकै त हो । एक असल र धनी छिमेकी मुलुकले अर्को गरिव तथा विकासोन्मुख छिमिकी मुलुकलाई आफ्नो देशमा उत्पादन भएका पशु, प्रविधि आदि उपहारस्वरुप प्रदान गर्दा दुई देशबीचको मित्रता र कुटनीतिक सम्बन्ध अझै प्रगाढ हुन्छ । यसोतः नेपालले पनि केही वर्ष अघि चीनलाई उपहारस्वरुप एकजोर जलगैँडा पठाएको थियो । आर्थिकरूपमा संकटग्रस्त छिमेकी देश श्रीलंकाले पनि चीनमा एक लाखसम्म लोपोन्मुख बाँदर निर्यात गर्नेबारे विचार बिमर्श गरिरहेको छ । अध्ययनका लागि एक समितिसमेत गठन गरिएका समाचारहरु बाहिरिएका छन् ।

भारत सरकारबाट नेपाललाई उपलब्ध गराउने भनिएको मुर्रा जातको राँगाको समझदारीका सन्दर्भमा नेपाल सरकार कृषि तथा पशुपन्छी मन्त्रालयले पनि स्पष्ट पारेको छ । मन्त्रालयका अनुसार सन् २०१८ मा नेपालमा भएको नेपाल–भारत संयुक्त कृषि प्राविधिक कार्य समूहको बैठकमा भएको निर्णयानुसार नेपाल सरकारकाबाट बिभिन्न समयमा औपचारिक/अनौपचारिक तवरबाट भारत सरकारसँग ३० वटा उच्च प्रजनन् मानका मुर्रा राँगा उपलब्ध गराउन अनुरोध भएको थियो । यसै सन्दर्भमा भारतले १५ वटा राँगा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो ।

मुुर्राको विशेषताः

सामान्यतया मुर्रा भनिए पनि खासमा यो मुर्राह भैंसी हो । यो मुख्यतया दूध उत्पादनको लागि राखिएको पा

 

नी भैँसीको एक जात हो । यो भारतको हरियाणा र पञ्जाब पाइन्छ । यो भिवानी, आगरा, हिसार, रोहतक, जिन्द, झाझर, फतेहाबाद, गुडगाउँ र राजधानी दिल्ली क्षेत्रका जिल्लाहरूमा बढि मात्रामा पाल्ने गरेको पाइन्छ ।

यो इटाली, बुल्गेरिया र इजिप्टजस्ता अन्य देशहरूका डेरीमा भैँसीको दूध उत्पादन सुधार गर्न प्रयोग गरिएको छ । पञ्जाबको लक्ष्मी डेरी फार्ममा रहेको मुर्रा भैंसीले २०१६ को राष्ट्रिय पशुधन प्रतियोगिता र प्रदर्शनीमा २६.३३५ किलोग्राम (५८.०६ पाउण्ड) दूध दिएको कीर्तिमान बनाएको थियो । ब्राजिलमा पनि भैँसीको यो नस्ल मासु र दूध दुवै उत्पादन गर्न प्रयोग गरिन्छ ।

हाल भारतमा मुर्रा जातको एउटा भैँसीलाई ९० हजारदेखि डेढ लाख भारूसम्म पर्छ । विज्ञहरूका अनुसार मुर्रा भैँसी सबैभन्दा उत्पादनशील भैँसी नस्ल हो । भारतीय भैँसी नस्लहरूमध्ये मुर्रा सबैभन्दा बढी दूध उत्पादन भएको उल्लेख गरिएको छ । मुर्रा भैँसीहरू कालो रंगका, चिल्ला, मोटाघाटा र खाइलाग्दा हुन्छन् । कहिलेकाहीँ अनुहार वा खुट्टामा सेता दागहरू हुन्छन् । तिनीहरूका आँखाहरू काला हुन्छन् । यी सक्रिय हुन्छन् । तर राँगााहरू अलिकति संकुचित हुन्छन् । यी भैँसीहरूको घाँटी लामो र पातलो र राँगाहरूको बाक्लो र ठूलो हुन्छ । तिनीहरूका कान छोटा र पातला हुन्छन् ।

कहाँ राखिन्छन् राँगा ?

भारतबाट प्राप्त राँगाहरुलाई पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन् कार्यालयहरु (पोखरा, नेपालगञ्ज र लहान) व्यवस्थापन गरि उच्च गुणस्तरको जमेको बिर्य उत्पादन गरी कृषकलाई कृत्रिम गर्भाधान कार्यका लागि उपलब्ध गराइने कृषि तथा पशुपन्छी मन्त्रालयका पवक्ता प्रकाशकुमार सञ्जेलको भनाई छ ।

भारत सरकारबाट प्राप्त हुने उच्च प्रचजनन् मानका यी राँगाको प्राविधिक पक्ष निरीक्षणका लागि विज्ञ एवम् प्राविधिकहरु छिट्टै भारतस्थित सम्बन्धित सरकारी फर्ममा जाने तयारीमा रहेका छन् । यसरी वस्तुगत रुपमा सहायता स्वरुप प्राप्त हुने प्रजनन् मानका १५ वटा राँगाहरुबाट तीन वर्ष पश्चात वार्षिक कम्तिमा १.५ लाख डोज बिर्य उत्पादन भई कम्तिमा एक लाख भैँसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधारमार्फत भैँसीको दूध उत्पादनमा उल्लेख्य बृद्धि हुने अपेक्षा गरिएको छ ।

 

 


क्याटेगोरी : कृषि, बिचार, राजनीति
ट्याग : #buffalo, #murra

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट