सुनको भाउ तोलामा नौ सय रुपैयाँले घट्यो
![](https://ap-south-1.linodeobjects.com/jhilko/2023/06/fzCgwoKK-gold.jpg)
काठमाण्डौं, ३१ जेठ । सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले घटेको छ । तोलामा आज सुन एक लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो तोलामा एक लाख १२ हजार सात सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा २५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।
क्याटेगोरी : सुनचाँदी/विनिमय
ट्याग : #gold
प्रतिक्रिया