Techie IT
  • ८ जेठ २०८१, मंगलबार
Jhilko

टीकापुर घटनाः ७ वर्ष ६ दिन पछि निर्दोष ठहरिएका सीताराम चौधरी जेलबाट छुटे


कैलाली, ३ जेठ । टीकापुर घटनामा संलग्न भएको भन्दै कैलाली कारागारमा रहेका सीताराम चौधरी आज छुटेका छन् ।

सर्वोच्च अदालतले हिजो उनी निर्दोष रहेको ठहर गर्दै फैसला गरेपछि चौधरी बुधबार रिहा भएका हुन् । २०७२ भदौ ७ गते भएको टीकापुर घटनालाई लिएर चौधरीलाई २०७३ वैशाख २७ गते प्रहरीले पक्राउ गरेको थियो ।

सीतारामसँगै गंगाराम चौधरीलाई पनि हिजो सर्वोच्चले निर्दोष ठहर गरेको थियो । उनी ७ वर्ष ६ दिन कारागार बसे । गंगा भने रिहा भएका छैनन् । टीकापुर घटना उनलाई सर्वोच्चले निर्दोष ठहर गरेपछि उनीविरुद्ध अर्को ज्यानसम्बन्धी मुद्दा भएका कारण उनी रिहा नभएको कारागार प्रशासनले जनाएको छ ।

 


क्याटेगोरी : जनमञ्च, सुदूरपश्चिम प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट