Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

श्रीमतीको हत्या गरी सेफ्टी ट्यांकीमा शव फाल्ने रोल्पाका गर्भे विक काठमाडौंमा यसरी समातिए


कपिलवस्तु, ५ जेठ । श्रीमतीको हत्या गरी फरार रोल्पाका गर्भे विकलाई काठमाडौँमा पक्राउ गरिएको छ । गत फागुनमा श्रीमती केशु विकको हत्या गरी उनी फरार थिए । केशुको हत्यापछि शिवराज नगरपालिकाको चन्द्रौटाको निर्माणाधीन रिफ्रेश सेन्टरको सेफ्टी ट्यांकीमा शव फालेका थिए ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गर्भेलाई जेठ २ गते पक्राउ गरेको थियो । उनी रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ६ फगाम स्थायी बासिन्दा हुन् ।

केशुको शव फागुन २० गते सडेगलेको अवस्थामा फेला परेको थियो । हत्यापछि छोराछोरी लिएर गर्भे फरार रहेको प्रहरी उपरीक्षक प्रेम बस्नेतले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको बस्नेतले बताए । निज विकलाई कपिलवस्तुमा ल्याइएको छ ।


क्याटेगोरी : जनमञ्च, प्रदेश, बाग्मती प्रदेश
ट्याग : #hot, #pakrau

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट