Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

हुम्लाका बस्तीमा पुगेर बिरामीको निःशुल्क उपचारमा व्यस्त स्पेनी चिकित्सक


हुम्ला, १० जेठ । सिमकोट र खार्पुनाथ गाउँपालिकाका तीन वटा वडाका बस्तीमा पुगेर स्पेनिस चिकित्सक मार्ताले बिरामीको निःशुल्क उपचार गरेका छन् । नेपाल घुम्न आएको बेला हुम्ला पुगेका मार्ताले दुर्गमका बिरामीलाई गाउँमै पुगेर उपचारमा सहभागिता जनाएका हुन् ।

चिकित्सक मार्ताले पेसाले चिकित्सक हुन् र नेपाल घुम्ने क्रममा हुम्ला जिल्लामा पुगेपछि दुुर्गमका बस्तीमा बस्दै आएका बिरामीलाई उपचारमा सरिक हुनु आवश्यक ठानेपछि बिरामीको चेकजाँचमा सहभागिता जनाएको बताए ।

स्पेन अध्ययनका क्रममा सँगैको चिकित्सक साथी हर्कसिंह भण्डारीलाई भेट्न हुम्ला पुगेका हुन् । हुम्ला पुगेकै समयमा उनले बिरामीको उपचारका लागि एक दिन पैदल हिँडेर गाउँतिर लागेका हुन् ।

स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका हेल्थ अस हुम्लाका एचए नारायण फडेराले चिकित्सक मार्ताले चार दिन लगाएर गाउँका बिरामीको उपचारमा सहभागिता जनाएको बताए । एउटा बस्तीबाट उनले चारदेखि पाँच घण्टा पैदल हिँडेर उपचारमा सहभागिता जनाएका हुन । । यो बीचमा उनले २५ जना जटिल खाले र अन्य सामान्य बिरामीको निःशुल्क उपचार गरेका थिए ।

उनले चिकित्सक मार्ताले चेकजाँच गर्ने र हेल्थ असले बिरामीका लागि आवश्यक औषधिको व्यवस्था पनि निःशुल्क गरेको बताए । सबै खाले बिरामीलाई निःशुल्क उपचार र औषधिको व्यवस्था गरिएपछि बिरामी समेत निक्कै हर्षित भएका थिए । चिकित्सक मार्ताले उपचार गरेका गाउँहरुमा सिमकोट गाउँपालिका– १ र २ को ठेहे र दोजाम तथा खार्पुनाथ गाउँपालिका–५ को ताक्ला बाम्टा गाउँका बिरामीहरु रहेका थिए ।


क्याटेगोरी : जनमञ्च, स्वास्थ्य, कर्णाली प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट