Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कैफियत


वाटर मिनिस्टर (पानी मन्त्री)द्वारा वाटर टेंक उद्घाटन भन्तब्य

कार्जेक्रमका अध्यक्ष एवम् झिनामसिना दाजुभाइ तथा दिदीवहिनी,

यो वाटर टेंक हो । वाटर टेंकमा पानी भरिन्छ । यसो त टेंक सेनाको पनि हुन्छ । तर सेनाको टेंकमा पानी भरिदैन । वाटर अर्थात, पानी । पानी दुई प्रकारको हुन्छ । पहिलो सफा पानी, दोस्रो फोहोर पानी । सफा पानी पिउने हो । फोहोर पानीमा कमल उम्रिन्छ । कमल एक जातको फूल हो । यो भारतीय जनता पार्टीको चुनाउ चिनो पनि हो ।

फूल त गुलाफ पनि हो । गुलाफको फूलबाट गुलकन बन्छ । गुलकन खाए पेट सफा हुन्छ । उसो त खरबुजा खाँदा पनि पेट सफा हुन्छ । खरबुजाले एक अर्कालाई हेरेर रंग बदल्छन ।

रंग त जर्मनीको राम्रो हुन्छ । जर्मनीमा कुनै जुगमा हिटलर थिए । हिटलरले वर्ल्ड वार गरेका थिए । वार पनि आठ प्रकारका हुन्छन जस्तो आइतवार, सोमवार, मंगलवार, बुधवार, बिहीबार, शुक्रवार, शनिवार र वर्ल्डवार ।

वर्ल्ड माने विश्व, दुनिया, संसार । विश्व गोलो छ । गोलो त रसभरी पनि हुन्छ । रसभरी खाँदा तिर्खा(प्यास लाग्छ । तिर्खा(प्यास बुझाउने पानी हो । पानीलाई अंग्रेजीमा वाटर भनिन्छ । त्यही पानी जोहो गर्न वाटर टेंक बनाइएको हो ।

(नोट : विश्व वातावरण दिवस : भारतीय वाटर मिनिस्टर (पानी मन्त्री)को वाटर टेंक उद्घाटन भाषन अनुवाद र परिमार्जनसहीत यहाँ प्रस्तुत गरिएको छ ।)


क्याटेगोरी : जनमञ्च

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट