Techie IT
  • १५ वैशाख २०८१, शनिबार
Jhilko

मिस मगर इन्टरनेशनलको उपाधि प्रतिमा आलेमगरलाई


काठमाडौं, २८ जेठ । यस वर्षबाट सुरु भएको ‘मिस मगर इन्टरनेशनल २०२३’ प्रतिमा आलेमगरले घोषित भएकी छन् । शनिबार साँझ आयोजित अन्तिम प्रतिस्पर्धामा १२ जनालाई पछि पार्दै उनले नगद चार लाख रुपैयाँ पुरस्कारसमेत प्राप्त गरिन् ।

कार्यक्रमको निर्णायकमध्येकी एक माल्भिका सुब्बाले सामाजिक सञ्जालको तर्फबाट तपाईँले मगर संस्कृतिलाई कसरी प्रचार गर्नुहुन्छ ? भनेर सोधिएको प्रश्नमा सटिक उत्तर दिएसँगै मगर विजेता घोषित भएकी हुन् ।

विजेता बनेसँगै मगरले सपनाको एउटा खुड्किलो उक्लिएको बताइन् । “पहिलो सिजनमै विजेता बने, दायित्व पनि महसुस भएको छ । संस्कृतिको प्रवर्द्धनमा मेरो भूमिका हुनेछ”, उनले भनिन् ।

यस्तै अन्तिम प्रतिस्पर्धामा स्मृति ठाडामगर उपविजेता र क्लिया थापामगर दोस्रो बनिन् । उनीहरूले क्रमशः रु दुई लाख र एक लाखसमेत प्राप्त गरे । कार्यक्रममा सुब्बासँगै अभिनेत्री मिरुना मगर, अभिनेता अनुपविक्रम शाही, मोडल रिना थापामगर, हिमाल राना, सङ्जोग लाफामगर, अलिगिभा पुनमगर र रुद्र सिरिजमगरले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

 


क्याटेगोरी : जनमञ्च, मनोरञ्जन
ट्याग : #miss magar, #pratima aale magar

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट