Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

क्यान्सरको उपचार गराइरहेकी कान्छी प्राध्यापक डा. उर्मिला प्याकुरेलको निधन


काठमाडौं, ३० चैत । त्रिभुवन विश्वविद्यालयको गणित केन्द्रीय विभागका प्राध्यापक डा. उर्मिला प्याकुरेलको ४२ वर्षको उमेरमा निधन भएको छ । सात वर्षदेखि क्यान्सरको उपचार गराइरहेकी उनको बुधबार राति नर्भिक अस्पतालमा निधन भएको उनका भाइ राजेन्द्र प्याकुरेलले जानकारी दिए ।

दिवंगत प्याकुरेलको बिहीवार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । स्व प्याकुरेल त्रिभुवन विश्वविद्यालयकै गणित विषयकी कान्छी प्राध्यापक थिइन् । उनले क्यान्सर लागेकै बेला त्रिभुवन विश्वविद्यालयबाट ३५ वर्षको उमेरमा विद्यावारिधि उपाधि हासिल गरेकी थिइन् भने भने ४१ वर्षको उमेरमै प्राध्यापक पदमा बढुवा भएकी थिइन् ।

व्यावहारिक गणितमा अनुसन्धानमा रुचि राख्ने उनी अनुसन्धानकै क्रममा जर्मनीको अलेक्जेन्डर वोन हम्बोल्ट फाउन्डेसनमा फेलोसिपमा थिइन् । उनको अनुसन्धान नेपालको ट्राफिक जामको समस्या समाधान कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रित थियो ।

जर्मनी र नेपालमा रहँदाको उपचार खर्च करिब साढे चार करोड रुपियाँ आफैँले खर्च गरेकी उनले पछिल्लो समय क्यान्सरको नवीन र महँगो उपचार गर्नु परेकाले सहयोगका लागि सार्वजनिक आह्वान गरेकी थिइन् ।

जीवन रक्षाका लागि प्राध्यापक उर्मिला प्याकुरेलको सार्वजनिक अपिल


क्याटेगोरी : प्रदेश, स्वास्थ्य
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट