Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कोशी प्रदेशको नामांकनका विषयमा विवाद गर्न आवश्यक छैन : केपी ओली


काठमाडौैं, ११ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामांकनका विषयलाई लिएर अनावश्यक नगर्न सबै समक्ष आग्रह गरेका छन्।

बिर्तामोडमा नेकपा (एमाले) झापाले आयोजना गरेको मिसन ग्रासरुट अभियानको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले कोशी प्रदेशको नामकरणमा विवाद गर्नुपर्ने कुनै आधार नै नरहेको स्पष्ट पारे।

‘प्रदेशको नामांकन ठीक ढंगले भएको छ’, उनले भने, ‘मानिसको उत्पत्तिभन्दा कोशीको उत्पत्ति पहिले भएको हो त्यसमा कसैले आपत्ति जनाउनुहुँदैन।’ वातावरण, नदी प्रकृतिभन्दा पहिले अर्को सभ्यता नभएको भन्दै उनले भने, ‘कोशी प्रदेश उपयुक्त छ। अब नामका विषयमा आन्दोलन, जुलुस गर्नु बेकार छ।’


क्याटेगोरी : राजनीति, कोशी प्रदेश
ट्याग : #hot, #kp oli

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट