Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा पाइलट घाइते (अपडेट)


संखुवासभा, २२ वैशाख । संखुवासभामा शुक्रबार दिउँसो सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ। दुर्घटनामा परी हेलिकप्टरका पाइलट घाइते भएका छन्।

संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष विकास तामाङका अनुसार पाइलट र हेलिकप्टरमा सवार एक जना स्थानीय घाइते छन्। उनीहरूको उद्धार गरेर उपचारका लागि पठाउने तयारी भइरहेको उनले जानकारी दिए।

गाउँपालिका अध्यक्ष वाङछेदर लामाका अनुसार भोटखोला ४ सिप्रुङको जिजिङ्खामा हेलिकप्टर दुर्घटनामा परेको हो। उक्त हेलिकप्टर माथिल्लो अरूण जलविद्युत आयोजनाको सामान बोकेको उडेको थियो।


क्याटेगोरी : पर्यटन, कोशी प्रदेश
ट्याग : #breaking, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट