Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कोशी प्रदेशमा अध्यादेशमार्फत बजेट जारी


काठमाण्डौं, ३२ जेठ । कोशी प्रदेशमा सरकारले अध्यादेशमार्फत बजेट जारी गरेको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले अध्यादेश जारी गरेका हुन् ।

खापुङ्गले कोशी प्रदेश आर्थिक अध्यादेश–२०८० र कोशी प्रदेश विनियोजन अध्यादेश–२०८० जारी गरेका छन् । दुवै अध्यादेश आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मुख्यमन्त्री हिक्मत कार्कीले अहिले साढे ३ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने कार्यक्रम छ । झण्डै ३५ अर्ब रुपैयाँको अनुमानित बजेट प्रदेश सरकारले ल्याउन लागेको स्रोतले जनाएको छ ।

नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका एमालेका मुख्यमन्त्री कार्कीले कानुनी जटिलताका कारण आजै बजेट प्रस्तुत गर्न लागेका हुन्। प्रदेश सरकारले असारको १ गते बजेट प्रस्तुत गर्ने व्यवस्था छ । अध्यादेशबाट बजेट ल्याउन मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभाको चालु बर्खे अधिवेशन गए राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिसकेका छन् ।


क्याटेगोरी : अर्थ, कोशी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट