Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

महोत्तरीको लोहारपट्टीमा मजदुरलाई कालोमोसोसहित पोलमा बाँधेर यातना दिने ठेकेदार पक्राउ


महोत्तरी, २९ चैत । महोत्तरी जिल्लाको लोहारपट्टीमा काम गरेको ज्याला माग गर्ने एक मजदुरलाई चोरी गरेको आरोप लगाउँदै अमानवीय व्यवहार गरेका एक ठेकेदारलाई पक्राउ परेका छन् ।

प्रहरीले मिश्रलाई नियन्त्रणमा लिई जिल्ला अदालत महोत्तरीबाट सात दिनको म्याद लिएर अनुसन्धान थालेको जनाएको छ ।

जिल्लाको लोहारपट्टी नगरपालिका वडा नं। ६ मा बन्दै गरेको शिव आश्रममा काम गर्ने मजदुर सोही ठाउँ बस्ने २१ वर्षीय मोबारक नदाफले काम गरेको ज्याला माग गरेपछि ठेकेदार आनन्द मिश्रले उनलाई कालोमोसोसहित पोलमा बाँधेर यातना दिई अमानवीय व्यवहार गरेका थिए ।

चैत २३ गते रहेको सो घटना सामाजिक सञ्जालमा भाइरल भएपछि मिश्रलाई पक्राउ गरी अपमानजनक तथा अमानवीय व्यवहार कसुर मुद्दामा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ । प्रहरी उपरीक्षक प्रकाश मल्लले पीडितका हजुरबुबा गफुर नदाफले दिएको उजुरी तथा सामाजिक सञ्जालमा रहेको भिडियोको आधारमा ठेकेदार मिश्रलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिसकिएको जानकारी दिए ।

शिव आश्रममा काम गर्ने मजदुर नदाफले धेरै पटक ज्याला माग गरे पनि नदिएपछि फलाम काट्ने मेसिन लगेको र सोही सामग्री लगेको निहुँमा ठेकेदारले चोरी गरेको भन्दै अमानवीय व्यवहार गरेको प्रहरीको भनाइ छ । मजदुर नदाफलाई ज्याला दिने बहानामा घरमा बोलाएर ठेकेदार मिश्रले कुटपिटपछि कालोमोसो दलेर नगर परिक्रमा गराएर पोलमा बाँधेको बताइएको छ ।


क्याटेगोरी : जनमञ्च, मधेस प्रदेश
ट्याग : #hot, #pakrau

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट