Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

राजतन्त्र फर्किनका लागि नेपाल १५ औँ शताब्दीको बेलायत होइन : धर्मेन्द्र बाँस्तोला


काठमाण्डौं, २१ फागुन । नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बाँस्तोलाले नेपालमा राजतन्त्र पुनःस्थापना हुन असम्भव भएको बताएका छन् ।

आइतवार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेशनले काठमाण्डौमा आयोजना गरेको एक अन्तरक्रियामा बोल्दै संयोजक बाँस्तोलाले नेपालमा राजतन्त्र पुनःस्थापना हुने सम्भावना नभएको बताए । उनले जसले जति नारा लगाए पनि राजतन्त्र नफर्किने दाबी गरे । उनले देशमा अधुरा रहेका क्रान्तिहरू सम्पन्न गर्नका लागि सबै कम्युनिस्ट शक्तिहरू मिल्नुपर्ने बताए ।

उनले भने ‘अहिले राजतन्त्र सम्भव छैन यहाँ । जसले जति नारा लगाए पनि पछाडि फर्कने कुराले अगाडि जान सकिँदैन । त्यस कारण अहिले हामी सबै माओवादीहरू एक ठाउँमा हुन जरुरी छ । तर के को निम्ति ? अगाडि जानको निम्ति । अगाडि बढ्नको निम्ति । नेपालमा अधुरो रहेका शहीदका सपनाहरू पूरा गर्नको निम्ति । शहीदको सपना पूरा गर्ने भनेको अधुरो रहेको क्रान्ति सम्पन्न गर्ने कुरा हो । नयाँ जनवादसहित वैज्ञानिक समाजवादी गर्ने कुरा हो । अहिले केही साथीहरू नयाँ जनवाद सम्पन्न भयो भन्दै हुनुहुन्छ । यस्तै हुन्छ नयाँ जनवादभित्र ? यस्तो हुँदैन । अहिले फेरि २०५२ सालको जस्तो पनि सम्भव छैन । नयाँ तरिकाले हामी अगाडि बढ्नुपर्ने छ । त्यसको निम्ति हामी सबै एकठाउँमा आउँ । नेपालमा क्रान्ति कसैले रोक्न सक्दैन ।’

संयोजक बाँस्तोलाले राजतन्त्र फर्किनका लागि नेपाल १५ औँ शताब्दीको बेलायत नभएको टिप्पणी गरे ।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट