Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

एमाले नेतृत्वले शान्ति प्रक्रिया टुंग्याउन नकारात्मक धारणा राखेकाले विधेयक अघि बढ्न सकेन : देव गुरुङ


काठमाडौं, २८ फागुन । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले एमालेले शान्ति प्रक्रियालाई टुङ्ग्याउन नचाहेको बताएका छन् । माओवादी केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव गुरुङले एमाले नेतृत्वले शान्ति प्रक्रिया टुंग्याउन नकारात्मक धारणा राखिरहेको बताएका हुन् ।

गुरुङले भने,‘नेकपा एमालेले शान्ति प्रक्रिया टुग्ंयाउने विषयमा हरहमेशा नकारात्मक खालको धारणा राख्यो । पछिल्लो समयमा विधेयक अन्तिमसम्म पुगेपनि उहाँहरूको नकारात्मक धारणाले गर्दा त्यो डेडलक भएर अड्किरहेको अवस्था छ । दलहरूबीच अझ त्यसमा पनि एमालेका कारण विधेयक डेडलक भएर अड्किरहेको अवस्था छ । ’

दलहरूको बीचमा सहमति नभइकन शान्ति प्रक्रियाको विषय अगाडि बढ्न नसकेको बताए । उनले भने,‘फौजदारी न्यायको सिद्धान्तका आधारमा होइन संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा शान्ति प्रक्रिया टुंग्याउनुपर्छ । बृहत शान्ति सम्झौता उल्लघंन हुने त होइन भन्ने चिन्ता बढेको छ । राज्यको तर्फबाट ऐन बनाउने प्रक्रिया यथासिघ्र अगाडि बढाउनुपर्छ । एमाले नेतृत्वले शान्ति प्रक्रिया टुंग्याउन नकारात्मक धारणा राखेकाले पनि विधेयक अघि बढेको छैन । ’

उनले आयोगमार्फत् समस्याको सम्बोधन हुनुपर्ने बताए । ‘शान्ति प्रक्रिया अन्तरिम संविधानको अभिन्न अंग बनेको थियो । नयाँ संविधानमा शान्ति प्रक्रियालाई संवैधानिक अंग नै बनाइएको छ । आयोगमार्फत् समस्याको सम्बोधन हुनुपर्छ । त्यो मान्यतालाई उल्लघंन गरेर नियमित फौजदारी न्याय अनुसार लैजान खोजे । यो संविधानको भावना भन्दा बाहिरको विषय हो।’


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट