Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रदेश प्रमुखहरू र प्रधानमन्त्री प्रचण्डबीच सामूहिक भेटवार्ता


काठमाडौं, १ चैत । प्रदेश प्रमुखहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सामूहिक रूपमा भेटवार्ता गरेका छन्। काठमाडौं आएका उनीहरूले प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेका हुन्।

प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार प्रदेश प्रमुखहरू र प्रधानमन्त्रीबीच बुधबार बालुवाटारमा भेट भएको हो। भेटका अवसरमा प्रदेशलाई बलियो बनाउन संघले गर्नुपर्ने सहयोगलगायत विषयमा पनि समसामयिक छलफल भएको बताइएको छ।

प्रदेश प्रमुखहरू केन्द्र सरकारले राजनीतिक सहमतिका आधारमा फेर बदलसमेत गर्ने सक्ने कानुनी अधिकार हुन्छ। पहिले पनि विभिन्न समयमा राजनीतिक भागबन्डाका आधारमा प्रदेशका प्रमुखहरू फेरबदल हुँदै आएका थिए। अहिले भने राजनीतिक समीकरण तथा सत्तामा भित्रिने र बाहिरिने राजनीतिक दलहरूको फेरबदल भइरहे पनि प्रदेश प्रमुखहरूको फेरबदलले चर्चा पाइसकेको छैन।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #breaking, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट