Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

उपचुनाव : चितवनका २९ वटा निर्वाचनस्थल अतिसंवेदनशील


काठमाण्डौं, २६ चैत । आउँदो वैशाख १० गते हुने उपचुनावमा चितवन निर्वाचन क्षेत्र नं २ का ४३ मध्ये २९ स्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ ।

निर्वाचन स्थललाई दुई भागमा वर्गीकरण गर्दै बाँकी १४ स्थललाई भने संवेदनशील स्थलको सूचीमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

उपचुनावमा सबै मतदान स्थललाई सुरक्षाका दृष्टिले बराबरी महत्त्वका साथ लिइएको उनको भनाइ छ । सबै राजनीतिक दलको ध्यान उपचुनावमा हुने भएकाले सबै स्थलमा सुरक्षा व्यवस्था कडा बनाउने तयारी रहेको उनले बताए । सबै मतदानस्थलमा वैशाख ७ गतेभित्र नै सुरक्षाकर्मी पुगिसक्ने उनले बताए ।

चितवन क्षेत्र नम्बर २ मा एक लाख २४ हजार ६ सय ९५ जना मतदाता छन् । उनीहरुले ४३ स्थलका एक सय ३८ केन्द्रबाट मतदान गर्ने छन् । गएको मंसिर चार गते सम्पन्न प्रतिनिधि सभा सदस्य चुनावमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले यो क्षेत्रमा उपचुनाव हुन लागेको हो ।

चितवन क्षेत्र नम्बर २ मा हुने उपचुनावका लागि लामिछानेसहित २२ जनाको उम्मेदवारी परेको छ । यस्तै, १० गते बारा २ र तनहुँ १ मा पनि उपचुनाव हुँदैछ।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट