Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बहादुर सिं लामाको नेतृत्वमा कांग्रेस बागमती प्रदेश सरकारमा सहभागी हुँदै


हेटौंडा । बहादुर सिं लामाको नेतृत्वमा कांग्रेस बागमती प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामा र प्रदेशसभा सदस्य तीर्थ लामाले आइतबार साँझ मन्त्री पदको शपथ लिने भएका छन् ।

बहादुरसिं लामाले आर्थिक मामिला तथा योजना र तीर्थ लामाले खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय सम्हाल्ने कांग्रेस स्रोतले जनाएको छ ।

बागमतीमा नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल मुख्यमन्त्री छन् ।

 


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट