Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेवीच बालुवाटारमा भेटवार्ता


काठमाडौं, २९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज (शुक्रबार) बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्।

प्रतिनिधि सभा सदस्यसमेत रहेका रवि प्रधानमन्त्री भेट्न बिहान साढे ८ बजे बालुवाटार (प्रधानमन्त्रीको निवास) पुगेका थिए। भेटवार्ताका क्रममा सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएकामा प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिएको लामिछानेको सचिवालय स्रोतले जनाएको छ।

प्रधानमन्त्रीलाई लामिछानेले भने, ‘भ्रष्टाचारका फाइल खोलेकामा तपाईंलाई धन्यवाद।’ स्रोतका अनुसार जवाफमा प्रधानमन्त्रीले भने, ‘अरू पनि धेरैका फाइल खोल्छौँ, तपाईं पनि सरकारमा आउनूस्।’ यसमा सभापति लामिछानेले आफू सरकारमा नभए पनि प्रधानमन्त्रीको कदममा सडकबाटै साथ दिने बताएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीले यसअघि सरकारलाई दिएको समर्थन यही वैशाख २२ गते मात्र फिर्ता लिएको हो।

सरकार भने उसले नागरिकता काण्डमा आफ्ना सभापति लामिछानेको सांसद पद गएलगत्तै छाडिसकेको थियो। तर समर्थन भने यही वैशाख १० गते चितवन २ मा भएको उपचुनाव लडेर सभापति लामिछाने फेरि प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुँदासम्म फिर्ता लिएको थिएन। यसबीच प्रधानमन्त्री प्रचण्डले रविलाई सरकारमा आउन आग्रह गरे पनि पहिलेकै मन्त्रालय गृह नपाउने निश्चित देखेपछि रास्वपाले समर्थन फिर्ता लिँदै प्रतिपक्षमा बस्ने निर्णय गरेको हो।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #breaking, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट