Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

समाजमा भ्रष्टाचारको नांगो रूप देखिन थाल्योः माधव नेपाल


काठमाडौं, २६ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली समाजमा भ्रष्टाचारको नांगो रूप देखिएको टिप्पणी गरेका छन् ।

शुक्रबार काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले नेपाली राजनीतिमा सबैभन्दा चर्को रूपमा भ्रष्टाचारको प्रवृत्ति देखिएको बताएका हुन् । पूरै राजनीति विकृत हुनुको पछाडि भ्रष्टाचार रहेको भन्दै उनले नेपालमा बिनापैसाको कुनै काम नहुने अवस्था आएको बताए ।

जनतालाई पीडा दिने र शोसक सामन्तहरू र दलाल पुँजीहरू हाबी हुन पुग्ने, इमान्दार र असल मानिस पाखा लाग्नुपर्ने स्थिति सिर्जना भएको उनले बताए ।’अहिले नेपाली राजनीतिमा सबैभन्दा चर्को कुरा भ्रष्टाचारको प्रवृत्ति देखिएको छ । पूरै राजनीति विकृत हुनुको पछाडि भ्रष्टाचारले काम गरेको छ । बिनापैसाको कुनै काम नहुने स्थिति छ,’ उनले भने, ‘अहिले नेपाली समाजमा भ्रष्टाचारको पनि नांगो रूप आएको छ । असल बन्नसके, भ्रष्टाचारका विरुद्ध उभिन सके बल्ल सत्य ठहरिन्छ ।’

अध्यक्ष नेपालले अहिले पुनः प्रतिगामी शक्तिहरू सल्बलाएको बताए । वंशको शासनलाई फर्काउने दुष्प्रयास भइरहेको उनको भनाइ छ ।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #madhav nepal

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट