Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

टुरिस्ट उम्मेदवारलाई मतदाताले सबक सिकाउनु पर्छ : गगन थापा


तनहुँ, २० चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार डा स्वर्णीम वाग्ले र नेकपा एमालेका सर्वेन्द्र खनाललाई टुरिस्ट उम्मेदवारको संज्ञा दिएका छन्। आगामी बैशाख १० गतेको उपनिर्वाचनमा टुरिस्ट उम्मेदवारलाई मतदाताले सबक सिकाउनुपर्ने बताएका छन्।

विदेशमा पढेका वा काम गरेर फर्केकाहरु (रास्वपा सभापति रवि लामिछाने र तनहुँ १ का उम्मेदवार डा वाग्ले) मात्रै योग्य हुने भाष्यसमेत निर्माण हुन लागेको भन्दै उनले त्यो परीक्षाको घडी पनि यही चुनाव भएको उनले बताए।

‘यहिँ पढेका र संघर्ष गरेकाहरु योग्य हुन्छन् भन्नका लागि गोविन्द भट्टराईलाई जिताउनुपर्छ। नेपालकै विश्वविद्यालयमा पढेका र यहिँ केही गर्न सकिन्छ भनेर संघर्ष गरिरहेका हामीहरु योग्य होइनौं ? हामीलाई सपना देख्ने अधिकार छैन ? यदि गोविन्द भट्टराईलाई जिताइएन भने हामीले यहिँ माटोमा यहिँ माटोका लागि गरेको संघर्ष ठीक छैन भन्ने सन्देश जान्छ,’ उनले तनहुँ– १ मा कांग्रेसको सभालाई सम्बोधन गर्दै उनले भने। अवसर नपाउनेहरु कांग्रेसमा तमाम रहे पनि यहिँभित्र संघर्ष गरिरहेको बताए। आफूले आफ्नै ससुरासँग महामन्त्रीमा र आफ्नो पिता भन्दा तीन वर्ष जेठो पार्टी सभापति शेरबहादुर देउवासँग संसदीय दलमा प्रतिस्पर्धा गरेको उल्लेख गरे।

घुम्दै–फिर्दै आउने र उनीहरुलाई जिताउन तनहुँ(१ को कांग्रेस चोकमा राखेको मादल नभएको बताए। अवसर नपाएर पार्टी छाडेका डा वाग्लेप्रति लक्षित गर्दै भने, ‘भनेजस्तो काम गर्न हामीले पनि नपाएका हुन सक्छौं। हामीभित्रै लडिरहेका छौं। नेपाली कांग्रेस बदलेर देश बदल्न सकिन्छ भनेर हिँडिरहेका छौं।’

 


क्याटेगोरी : राजनीति, गण्डकी प्रदेश
ट्याग : #breaking, #gagan thapa

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट