Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

शान्ति सम्झौता र संक्रमणकालिन न्यायसम्बन्धी विधेयक आमसहमति नजुटे बहुमतका आधारमै भएपनि पूरा गरेरै छाड्छौँ : प्रचण्ड


गोरखा, २४ चैत । प्रधानमन्त्री पृष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति सम्झौता र संक्रमणकालिन न्यायसम्बन्धी विधेयकलाई आमसहमति गरेर टुंग्याउने बताएका छन् । गोरखामा शुक्रबार आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले आमसहमति नजुटे बहुमतका आधारमा भएपनि पूरा गरेरै छाड्ने बचन दिएका छन्।

‘शान्ति सम्झौता कुनै एउटा पार्टीको मात्र नभै सिंगो राष्ट्रको सम्पति हो । यो अन्तरिम संविधानको अंगको रुपमा रहेको थियो । अहिलेको संविधानको पनि अंग बनेको छ,’प्रधानमन्त्रीले भने,‘त्यसैले यसलाई पूरा गर्नु सिङ्गो राष्ट्रको जिम्मेवारी हो । तर, अहिले प्रतिपक्षीहरू यसलाई धकेल्न र रोक्न खोजिरहेका छन् । तर हामी यसलाई प्रमुख प्राथमिकताका साथ दुई वर्षभित्र तार्किक निश्कर्षमा पुर्‍याइछाड्छौँ ।’

यो विधेयक पारित गरेर दुई वर्षभित्र शान्ति प्रक्रियाको सबै काम टुङ्ग्याउनुपर्छ भन्नेमा अहिलेको १० दलीय गठबन्धनभित्र राम्रो समझदारी बनेको उनले बताए । द्वन्द्वका बेला सहादत पाएका प्रहरी,सेनालाई सहिद भन्ने तर माओवादीका लडाकुलाई सहिद नभनी विभेद गर्ने गरिएकोमा हालै सरकारले सबैलाई राष्ट्रिय सहिदको सूचीमा राख्न सफल भएको भन्दै खुशी व्यक्त गरे ।

यो विधेयक पारित भएपछि सहिद परिवार, द्वन्द्वपीडितहरू सबैलाई परिपुरण ९राहत० पुग्ने र शान्ति प्रक्रियाको बाँकी काम पनि टुङ्ग्याउने गरी विधेयक बनेको उनले बताए । शान्ति सम्झौता नेपालको अन्तरिम संविधानको अंग भएको बताउँदै उनले शान्ति सम्झौता पूरा गर्ने दायित्व सिङ्गो राष्ट्रको भएको बताए ।

अर्को संवैधानिक परिषदसँगसम्बन्धी संवैधानिक नियुक्ति गर्न आवश्यक ऐन पनि संसदमा बहसका क्रममा रहेको प्रधानमन्त्री प्रचण्डले बताए।

 


क्याटेगोरी : राजनीति, गण्डकी प्रदेश
ट्याग : #breaking, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट