Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

बझाङमा बसको ठक्करबाट ज्यान गुमाएका बालकका आफन्तले सडक बन्द गरे


बझाङ, १९ चैत । बझाङमा बसको ठक्करबाट ज्यान गुमाएका बालकका आफन्तले सडक बन्द गरेका छन् । बालकका आफन्तले क्षतिपूर्ति दिनुपर्ने र दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने मागसहित जयपृथ्वी राजमार्ग बन्द गरेका प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले बताए।

हिजो शनिवार दिउँसो बझाङको सदरमुकाम चैनपुर नजिकै बसले ठक्कर दिँदा सुर्मा गाउँपालिका वडा नम्बर ३ का तीन वर्षीय बालक सरगम बोहराको ज्यान गएको थियो । बालकलाई ठक्कर दिने बसका चालक बैतडीको पुर्चौडी नगरपालिका ५ का गणेश बोहरा स्थानीयको कुटपिटबाट घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चालकलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ । स्थानीयले ठक्कर दिने बसमा तोडफोड गरेका छन् ।

बसका साहु धनगढीबाट आइरहेका र केही समयपछि पीडितसँग बसेर सडक सञ्चालन गर्न छलफल गर्ने डीएसपी भण्डारीले बताए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट