Techie IT
  • १३ मंसीर २०८०, बुधबार
Jhilko

बैतडीको दोगडाकेदारमा एक युवकको हत्या


बैतडी, ३ वैशाख । बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका एक युवकको हत्या भएको छ।

अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएका अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। शनिबार बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा जोशीको शव फेला परेको हो।

उनको धारिलो हतियार प्रहार गरी हत्या गरिएको बताइएको छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।

 


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश
ट्याग : #death, #hatya, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट