Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नेपाल आयुर्वेदका लागि सही र उचित गन्तव्यस्थल : प्रधानमन्त्री प्रचण्ड


काठमाण्डौं, १९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल आयुर्वेदका लागि सही र उचित गन्तव्यस्थल भएको बताएका छन् । आजदेखि काठमाण्डौमा सुरु भएको सातौँ अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालजस्तो प्राकृतिक रुपमै आयुर्वेदका लागि उपयुक्त गन्तव्यस्थलमा विभिन्नखाले समस्याहरु परिरहेको भन्दै त्यसलाई न्यूनीकरण गर्नेतर्फ ध्यान दिन आवश्यक रहेको बताए । उनले नेपाल आयुर्वेद क्षेत्रको लागि प्राकृतिक भूमि भएको उल्लेख गर्दै नेपालमा यार्सागुम्बा, अमला, रुद्राक्ष, तुलसी लगायतका अति महत्त्वपूर्ण वनस्पतिहरु पाइने उल्लेख गरे ।

उनले आयुर्वेदका लागि नेपालमा रहेका वनस्पतिहरु जोगाइराख्नुपर्ने आवश्यकता देखिएकाले सरकारले पनि यसलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताए । प्रधानमन्त्री प्रचण्डले सरकारले आयुर्वेदलाई संरक्षण र संवर्द्धन गर्न सिंहदरबारमा रहेको वैद्यखानाबाट आफ्ना कामहरु गरिरहेको बताए । उनले भारतले पनि नेपाललाई आयुर्वेदका औषधिहरु पाइने मुख्य थलोको रुपमा राखेको उल्लेख गर्दै नेपालका वनस्पतिहरुको संरक्षण संवर्द्धन गर्न जरुरी रहेको बताए । साथै उनले नेपालमा रहेका वनस्पतिहरुको अध्ययन र अनुसन्धान अझै हुन जरुरी रहेको उल्लेख गरे ।

उनले भने ‘नेपाल आयुर्वेद क्षेत्रको प्राकृतिक भूमि हो । नेपालमा विभिन्न प्रकारका प्राकृतिक औषधिहरु पाइन्छन्, यार्सागुम्बा, अमला, लगायतका विभिन्न अमूल्य जडीबुटीहरु पनि यहाँ पाइन्छ । सिंहदरबारमा रहेको वैद्यखानाबाट पनि हामीले आयुर्वेदलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । हामीले पहिलो प्राथमिकतामा राखेर आयुर्वेद अस्पतालका लागि औषधिहरुको मुख्य थलोको रुपमा नेपाललाई भारतले राखेको छ ।ु


क्याटेगोरी : राजनीति
ट्याग : #hot, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट