Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार


काठमाडौं, २६ फागुन । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ।

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उनको उपचार जारी छ। गत फागुन ३ गते बेलुकी बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा भण्डारी गम्भीर घाइते भएका थिए। थप उपचारका लागि उनलाई फागुन ४ गते मुम्बई लगिएको थियो। सांसद भण्डारीको स्वास्थ्यका सबै प्यारामिटर सामान्य हुँदै गएको दाजु मीनप्रसाद भण्डारीले बताए। उनकाअनुसार बिहीबार पनि सांसद भण्डारीको फिजियोथेरापी गरिएको थियो।

‘कलमी गरिएको छालाले राम्रो प्रतिक्रिया दिइरहेको छ, स्वास्थ्यमा राम्रो सुधार भइरहेको डाक्टरहरूले जानकारी गराउनुभएको छ’, उनले भने। सांसद भण्डारीकी आमा हरिकलाको भने आगलागीमा परेर निधन भएको थियो। कीर्तिपुरस्थित अस्पतालमा उपचारका क्रममा फागुन ४ गते हरिकलाको निधन भएको थियो।

सांसद भण्डारीको अनुहार, हात र खुट्टामा धेरै जलन भएको थियो। जलन भएका घाउहरू क्रमिक रूपमा निको हुने क्रममा रहेको चिकित्सकहरूले बताएका छन्।


क्याटेगोरी : राजनीति, स्वास्थ्य
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट