Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

राजनीतिले लय समातेकाले सरकारको ध्यान समद्धितर्फ : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं, २८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिले लय समातेकाले सरकारको ध्यान समद्धितर्फ रहेको बताएका छन्।

नेपाल निर्माण व्यवसायीहरूको साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अस्थिर राजनीतिले लय समातेकाले आफूहरूको ध्यान सामाजिक न्याय सुशासनको समृद्धिको लक्ष्य हासिल गर्ने कुरामा युद्धस्तरमा काम गर्ने तर्फ जाने बताएका हुन्। उनले अर्थतन्त्रलाई चालु अवस्थामा ल्याउन सरकारको ध्यान रहेको बताए।

‘राजनीतिले लय समातेकाले सरकारको ध्यान सामाजिक न्याय सुशासनको समृद्धिको लक्ष्य हासिल गर्ने कुरामा युद्धस्तरमा काम गर्ने तर्फ जानेछ। कोरोना महामारी, रुस युक्रेन युद्ध र आपूर्तिको व्यवस्थामा परेको चापका कारण निर्माण सामग्रीको मूल्य बढेको छ। यी विषयमा सरकार गम्भीर छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

उनले पेट्रोलियम पर्दार्थमा घाटा खाएर मूल्य नियन्त्रण गरिए पनि यो सधैँभरि खेप्न सकिने अवस्था नहरेको बताए। प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीहरुले ठेक्का लिएर समयमा काम नगर्ने र बेलाबेला हराउँदा निर्माण क्षेत्रको वास्तविक चित्रलाई प्रतिबिम्बित गरेको बताए।

उनले भने, ‘निर्माण कार्यको ठेक्का लिने समयमा काम सम्पन्न नगर्ने, गुणस्तरीय काम नहुने, विभिन्न तर्कमा ठेक्काको समय लम्ब्याउने र लागत बढाउने कुरामा सरकार गम्भीर छ। बेला बेलामा ठेकेदार हराएको सूचना भन्दै सामािजक सञ्जालमा निर्माण व्यवसायी प्रतिको आक्रोश ट्रोल हुने गरेको छ। त्यसले निर्माण क्षेत्रको वास्तविक चित्रलाई प्रतिबिम्बित गर्दछ। यसबारेमा उहाँले गम्भीर भएर काम गर्नुहुनेछ।’


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट