Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

एमालेको संसदीय दलको उपनेतामा सुवास नेम्वाङ मनोनित


काठमाडौं, २९ फागुन । नेकपा एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई संसदीय दलको उपनेतामा मनोनित गरेको छ। सोमबार एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई उपनेतामा मनोनित गरेका हुन्।

उपाध्यक्ष नेम्वाङ राष्ट्रपतिका उम्मेदवार थिए। नेकपा एमालेबाट उम्मेदवार रहेका उनी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलसँग पराजीत भएका थिए। पौडेलले सोमबार नै राष्ट्रपतिको शपथ लिइसकेका छन्।

त्यसलगत्तै ओलीले नेम्वाङलाई उपनेता चयन गरेका हुन‍्। सअघि ओलीले आइतबार संसदीय प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई मनोनित गरेका थिए।


क्याटेगोरी : राजनीति
ट्याग : #amale

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट