Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रधानमन्त्री प्रचण्डद्वारा मतदान


काठमाडौं, ३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट प्रधानमन्त्री प्रचण्डले मतदान गरेका हुन् ।

यसैगरी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पनि उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छनु । उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत मध्याह्न १२ बजेसम्म ६१० मत खसेको छ । सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले सङ्घतर्फ २१८ र प्रदेशतर्फ ३९२ मत खसेको जानकारी दिए ।

उपराष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार बिहान १० बजेदेखि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मतदान सुरु भएको हो । निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन् ।

अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ । सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ । निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता छन् । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने र आजै साँझसम्म मतपरिणाम सार्वजनिक गरिने बताइएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट