Techie IT
  • १७ मंसीर २०८०, आईतबार
Jhilko

सत्य निरुपण तथा मेलमिलाप आयोगको विधेयक सदनमा पेस


काठमाडौं, ५ चैत । प्रतिनिधिसभामा बेपत्ता पारिएका व्यक्तिको छानबिन,सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ सदनमा पेस भएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन,सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक,२०७९’ पेस गरेकी हुन्।

बैठकमा सांसदहरू ज्ञानबहादुर शाही र प्रेम सुवालले “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोध बहुमतले अस्वीकृत भएपछि मन्त्री शर्माले संसदमा पेस गरेकी हुन्।

अब विधेयकमाथि दफाबार छलफल हुनेछ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #breaking, #hot, #rekha sharma

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट