Techie IT
  • १५ जेठ २०८१, मंगलबार
Jhilko

उपराष्ट्रपति रामसहाय यादवद्वारा शपथ ग्रहण


काठमाडौं, ६ चैत । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

यादवले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शीतल निवासमा शपथग्रहण गरेका हुन्। यादव गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित भएका हुन्। चौथो कार्यकालको लागि शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का नेता यादव उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।

निर्वाचित भएपछि यादवले सांसद र जसपाबाट राजीनामा दिएका छन्। यादवले ३० हजार ३२८ मतभार प्राप्त गरी उपराष्ट्रपतिमा निर्वाचित भए। संघीय संसदतर्फ १४ हजार ५३६ र प्रदेशसभातर्फ १५ हजार ७९२ गरी कूल ३० हजार ३२८ मतभार प्राप्त गरी निर्वाचित भएका हुन्।

यादवका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यले १६ हजार ३२८ मत प्राप्त गरिन्। यस्तै जनमतकी ममता झाले २ हजार ५३७ र प्रमिला यादवले ४८ मत प्राप्त गरेकी थिइन्।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट