Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अबको प्राथमिकता स्थिर सरकार : बाबुराम भट्टराई


सुर्खेत, ११ चैत । नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराईले अबको प्राथमिकता स्थिर सरकार हुनुपर्ने बताएका छन् । अबको पाँच वर्ष स्थिर सरकार हुनुपर्ने उनको भनाइ छ ।

शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पार्टीको प्रशिक्षणका लागि आएका उनले पत्रकारसँग कुरा गर्दै स्थिर सरकारसँगै कानुन निर्माणमा पूर्णता दिनेमा जोड दिए ।

‘हामी अहिले मन्त्रिमण्डललाई पूर्णता दिन लागि परेका छौँ, त्यसपछि निरन्तर काम अगाडि बढ्छ,’ उनले भने, ‘हाम्रो मुख्य उद्देश्य देशको गरिबी अन्त्य गर्ने, शिक्षालाई गुणस्तरीय बनाउने र देशलाई आर्थिक समस्याबाट निकास दिने हो ।ु यसका लागि जनताले पनि अवसर पनि दिएको उनले औँल्याए ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले देशमा राजनीतिक, सामाजिक र आर्थिक अवस्था सही तरिकाले अघि नबढेको बताएका छन् । राजनीतिसँगै आर्थिक तथा सामाजिक अवस्था पनि खलबलिँदै गएको उनको भनाइ छ । माओवादीसँग एकता गर्न वार्ता टोली बनाएर छलफल जारी रहेको पनि उनले उल्लेख गरे ।

‘दुईवटा पार्टी मात्रै नभएर अरु कम्युनिस्ट दलहरूसहितको एउटा समाजवादी धारा निर्माण गर्नुपर्छ भन्ने पक्षहरू पनि छन्,’ भट्टराईले भने, ‘समाजवादी धार निर्माण गर्नेबारे पनि वृहत् छलफल भइरहेको छ ।’ अबको सरकार सुशासन र समृद्धिमा केन्द्रीकृत हुने पनि भट्टराईले बताए ।


क्याटेगोरी : राजनीति, कर्णाली प्रदेश
ट्याग : #baburam bhattarai, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट