Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

देश अस्थिरतातर्फ जाने करिब निश्चित भयो : विष्णु पौडेल


सुर्खेत, १२ चैत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देश अस्थिरतातर्फ जाने करिब निश्चित भएको बताएका छन् । सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उपाध्यक्ष पौडेलले अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने निश्चित जस्तै रहेको बताएका हुन् ।

यो गठबन्धनबाट देशको भविष्य नरहेको उनले टिप्पणी गरे । ‘यो सरकारले देशलाई समृद्धिको मार्गमा अघि बढाउन सक्दैन,ु उनले भने । विश्वासको मत पाएको लामो समय बित्दा पनि गठबन्धनले मन्त्रिमण्डल विस्तार नगरेर तमासा गरिरहेको बताएका हुन् । पौडेलले सत्ता गठबन्धनको तमासा अहिले जनताले हेरिरहेको बताएका छन् ।

उनले निर्वाचनको नतिजा अनुसार प्रतिपक्षमा बस्ने तयारी गरे पनि राजनीतिक समीकरण बदलिने स्थित आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाएर सरकारमा गएको बताए । ‘त्यो बेला नै केही समझदारीका साथ सरकारमा गएको हो,ु उनले भने, ुयद्यपि प्रचण्डले धोका दिनुभयो ।’


क्याटेगोरी : राजनीति, कर्णाली प्रदेश
ट्याग : #bishnu paudel, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट