Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

हामीले चाह्यो भने एक हप्ताभित्र सरकार ढालिदिन्छौँ : विष्णु पौडेल


अछाम, १३ चैत । नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष विष्णु पौडलले सरकार ढलाउने र बनाउने पक्षमा नरहेको बताएका छन् । प्रेस चौतारी, नेपालद्वारा सोमबार साँफेबगरमा आयोजित पत्रकार सम्मेलनमा अहिले सरकार भत्काउने पक्षमा नरहेको बताएका हुन् ।

मिसन ग्रासरूट अभियानमा पार्टी केन्द्रित भएको भन्दै सरकारतिर ध्यान नदिएको उनको भनाइ छ । ‘हामीले चाह्यो भने एक हप्ताभित्र सरकार ढालिदिन्छौ, तर अहिले त्यतातिर लागेका छैनौं ।ु’ पौडेलले ग्रासरूट अभियानबाट आगामी निर्वाचनमा तीनै तहका निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउने भनाइ राखे ।

पूर्वउप्रधान तथा अर्थमन्त्री रहेका पौडेलले वर्तमान सरकार आएदेखि सरकार आर्थिक रूपमा निकै कमजोर हुँदै गएको आरोप लगाए । वर्तमान सरकार जनसवाल भन्दा पद केन्द्रीकृत रहेको पौडेलका दावी छ ।

प्रतिपक्षमा बसेर एमालेले सरकारका गलत काममा कडा खालको भूमिका खेल्ने उनको भनाइ छ । एमाले र एकीकृत समाजवादीबीचको एकताको विषयमा पत्रकारको प्रश्नमा एमाले कुनै दलसँग एकता नभएर त्यस पार्टीबाट सदस्य भित्र्याउने क्रममा रहेको बताए ।


क्याटेगोरी : राजनीति, सुदूरपश्चिम प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट