Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुसवाह जनमत पार्टीमा प्रवेश


काठमाडौं, १५ चैत । नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुसवाह जनमत पार्टीमा प्रवेश गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कुसवाह जनमत पार्टीमा प्रवेश गरेको जानकारी दिएका हुन् । कुसवाहले पार्टीभित्र आफूलाई वास्ता नगरिएकाले जनमत पार्टीमा प्रवेश गरेको बताए ।

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुसवाह बारा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवारी दिएका थिए । उनी जसपाका उम्मेदवार रामसहाय प्रसाद यादवसँग ३५४ मत अन्तरले पराजित भएका थिए ।

यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त स्थानमा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ । जनमतमा प्रवेश गरेसँगै कुसवाह बारा क्षेत्र नम्बर २ बाट उपनिर्वाचन लड्ने बताए।

सो क्षेत्रमा सत्ता गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचन लड्ने तयारीमा छन् ।


क्याटेगोरी : प्रदेश, राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट