Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

आज मन्त्रिपरिषद् विस्तार हुने, ९ दल सरकारमा जाँदै


काठमाडौं । आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् । दश दलीय सत्ता गठबन्धनमा मन्त्रालयको सङ्ख्यामा सहमति जुटेकोले आज मन्त्रिपरिषद् विस्तार गरिने भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार अपराह्न बसेको बैठकले मन्त्रालय सङ्ख्याबारे सैद्धान्तिक सहमति जुटाएको थियो ।

बैठकमा सहभागी जसपाका नेता राजेन्द्र श्रेष्ठले आज मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको बताए । जनमोर्चा बाहेक सबै दल सरकारमा जाने भएका छन् ।

कसले कुन मन्त्रालय लिने भन्ने थोरै होमवर्क गर्न बाँकी रहेको उनको भनाइ छ । गठबन्धन बैठकमा कांग्रेसले ८ माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ । लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने सहमति भएको छ । मन्त्रालय भागबण्डामा रास्वपा भने छुटेको छ ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट