Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

स्वर्णिम वाग्लेको विद्रोहलाई गम्भीर रूपमा लिनुपर्छ : बाबुराम भट्टराई


काठमाडौं, १७ चैत । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्ट्राईले डा. स्वर्णिम वाग्लेको विद्रोहलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन् । नेपाल समाजवादी पार्टीका अध्यइसमेत रहेका भट्टराईले देशको अहिलेको चौतर्फी गम्भीर संकटको समाधान पुरानै घिसिपिटी तरिकाले नहुने भन्दै वाग्लेको विद्रोहलाई हल्काफुल्का रूपमा पन्छाउनु उचित नहुने बताएका हुन् ।

वाग्लेको भद्र राजनीतिक विद्रोह कति ठीक भन्ने कुरा मतदाताले छिटै फैसला गर्ने उनको भनाइ छ । ‘डा. स्वर्णिम वाग्लेको भद्र राजनीतिक विद्रोह कति ठीक भन्ने कुरा मतदाताले छिटै फैसला गर्ने नै छन्। तर यसलाई त्यत्तिकै हल्काफुल्का रूपमा पन्छाउनु उचित हुनेछैन,’ उनले भनेका छन्, ‘देशको अहिलेको चौतर्फी गम्भीर संकटको समाधान पुरानै घिसिपिटी तरिकाले हुनेवाला छैन। अतः डा. वाग्लेको विद्रोहलाई गम्भीर रूपमा लिऊॅ !’


क्याटेगोरी : राजनीति
ट्याग : #baburam bhattarai, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट