Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

उपनिर्वाचन : चुनाव हारेकालाई सत्तामा पुर्याउने भर्याङ

आगामी बैशाख १० गते चितवन, तनहुँ र बारामा उपनिर्वाचन हुँदैछ । चुनावका लागि मनोनयन दर्ता भइसकेको छ । तर चुनाव केही वर्ष र महिनामा अमूक पार्टी र नेतालाई सत्तामा पु¥याउने र राज्यदोहनको लाइसेन्स दिने कर्मकाण्ड जस्तै बनेको छ । गत मंसिरमा सम्पन्न संघीय निर्वाचनमा पराजय व्यहोरेका अधिकांश व्यक्तिहरु नै उपनिर्वाचनमा पुनः उम्मेदवार बनेका छन् । चुनाव हारेको तीन÷चार महिनामै फेरि उम्मेदवार बन्न आएकाहरूले आफ्नो पराजयको समिक्षा किन गर्दैनन् भन्ने प्रश्न आमनेपाली जनताको दिमागमा उब्जिएको छ ।

जनताद्वारा जनताका निम्ति जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने पवित्र विधि र अवसर चुनाव भएपनि पछिल्लो समय केही नेतालाई जसरी पनि सत्तामा पु¥याउने भ¥याङ चुनाव बनिरहेको छ । यसलाई रोक्न निर्वाचन आयोगले किन सकिरहेको छैन ? राजनीतिक दलहरुले यसबारेमा किन बहस चलाउन सकिरहेका छैनन् ? जसरी पनि आफू सत्तामा पुग्नै पर्ने, आफू मात्र सांसद वा मन्त्री हुनै पर्ने स्वार्थीपना नेताहरुबाट किन बाहिरिन सकिरहेको छैनन् ? यतिबेला यो प्रश्नको जवाफ जनताले खोजिरहेका छन् ।

एक थान भोट त जनताले देलान् तर नेतृत्वमा नैतिकता हुनु जरुरी छ । नैतिकता गुमाएको नेतृत्वले जनहितकारी काम गर्न सक्दैन । नेपालको पछिल्लो राजनीतिलाई हेर्ने हो भने प्रत्यक्ष निर्वाचनमा पराजय बेहोरोका कतिपय नेताहरु राष्ट्रिय सभामा संसदका रुपमा मनोनित पनि भइरहेका छन् । जव जनताले कुनै नेतालाई रुचाएका छैनन् भने दलहरुले जनताबिरुद्ध गएर आफूखुसी निर्णय गरिनु जनमतको अपमान गर्नु हो । यस्तो प्रबृत्ति हाबि हुनु दलभित्रको आन्तरिक लोकतन्त्र मर्दै जानु पनि हो ।

यसबारेमा सबै राजनीतिक दलले एक पटक गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ । निर्वाचन आयोगले दलहरुसँग परामर्श गरेर यसबारेमा पहिल्यै निर्णय गर्नुपरथ्र्यो । तर यसबारेमा बहस, छलफल र बिमर्श नैं भएनन् । यो प्रबृत्ति लोकतान्त्रिक (प्रजातान्त्रिक, समाजवादी) भनिएका दलभित्र मौलाउँदै गएकोे बिकृत पक्ष हो ।

कुनै पनि नेताले आमनिर्वाचनमा पराजय बेहोर्छ भने कम्तिमा पनि पाँच वर्षका लागि धैर्यता राख्ने हिम्मत उसँग हुनैपर्छ । एक पटक पराजय बेहोरेको नेता सधैँका लागि पराजित भने होइन । तर उसले कम्तिमा अर्को पटकसम्मका लागि आफूमा सुधार, मिहेनत, गृहकार्य गरेर जनताकाबीचमा जान सक्छ र सफलता हाँसिल गर्न सक्छ । कतिपय राजनीतिक दलका नेताहरु वर्षौँदेखि पार्टी र जनतामा निरन्तर सेवा गरिरहँदा पनि चुनावमा टिकट नपाउँने तर केही दलका नेता भने पटक पटक हारेर पनि पुनः उपनिर्वाचनमा आफैँ उम्मेदवार बन्नुले उसको एकाङ्कीपना, दलभित्रको अधिनायकत्व र निरंकुशता हो भन्न सकिन्छ ।

क्याटेगोरी : बिचार, राजनीति
ट्याग : #hot

प्रतिक्रिया

धेरै पढिएका

ताजा अपडेट