Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सदन चलिरहँदा मोबाइल ‘अफ’ गर्न सांसदहरुलाई आग्रह


काठमाडौं, चैत २१ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदन चलिरहँदा मोबाइल ‘अफ’ गर्न सांसदहरुलाई आग्रह गरेका छन् । मङ्गलबार राष्ट्रियसभा बैठकमा उनले मोबाइल ‘अफ’ गर्न सांसदहरुलाई सचेत गराएका हुन् ।

नेकपा (एकीकृत समाजवादी) सांसद मदनकुमारी साह गरिमाले बोलिरहका बेला एक सांसदले मोबाइल चलाइरहेको देखेपछि अध्यक्ष तिमिल्सिनाले त्यसो नगर्न भनेका हुन् । उनले भने, ‘माननीयज्यू मोबाईल स्विच अफ गर्नुस् ।’

सदन चलिरहेका बेला सांसदहरुलाई राष्ट्रियसभाका अध्यक्षले सचेत गराउन सक्ने अधिकार रहेको हुन्छ ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट