Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

उपनिर्वाचन : बौद्धिक भनिनेको लज्जास्पद पटाक्षेप


काठमाडौं । सांसद रिक्त भएका तीन क्षेत्रहरूको बैशाख १० गते हुने उपचुनावले राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग सिर्जना गरेको छ । त्यहाँ पूर्व विजेता पार्टीहरूकै जीत हुने सामान्य अनुमान गरिए पनि कयौं पक्षहरूले उपचुनावलाई प्रतिस्पर्धाको सामान्यभन्दा माथि जीवनमरणकै परिघटना बनाएका छन् । उपचुनावले स्वर्णिम वाग्लेजस्ता बौद्धिक भनिनेको ‘राजनीतिक वेश्यावृत्ति’ चरित्रको समेत पर्दाफास गरेको छ ।

कांग्रेसले अर्थशास्त्रको सर्वज्ञाता भनेर स्थापित गरेका र पटकपटक लाभको उच्च पद पाएर पनि कुनै आधारभूत नीतिगत आर्थिक परिवर्तनको हैसियत देखाउन नसकेका डा. स्वर्णिम वाग्ले उपचुनाव उमेदवारीकै लागि कांग्रेसलाई सत्तोसराप गर्दै रास्वपामा फड्किएका छन् । एकदुई काण्डमा सुरक्षा कमाण्ड सफल बनाएको भनेर ‘पब्लिक’ ले सहानुभूति दर्शाएकै भरमा राजनीतिमा आइपुगेका केही महत्वकांक्षी पूर्व प्रहरी अधिकारीलाई दलहरूले छानीछानी, रोजीरोजी उमेदवार बनाएका छन् ।

काठमाडौं–६ मा हारेका पूर्व आईजी सर्वेन्द्र खनाल नै तनहुँ–१ मा पनि दोहोरिएका छन् भने सुशासन नामको आफ्नो एकलौटी पार्टीबाट काठमाडौं–१ मा हारेका पूर्व डिआइजी रमेश खरेल रातारात रास्वपा भएर बारा–२ पुगेका छन् । तनहुँ–१ बाट निर्वाचित कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति भएपछि कांग्रेसले त्यहाँ नेविसंघका पूर्व अध्यक्ष गोविन्द भट्टराईलाई उमेदवार बनाएको छ । उनैलाई टक्कर दिने भन्दै स्वर्णिम र सर्वेन्द्र पनि त्यहीँ पुगेका हुन ।
कांग्रेसमा संगठित भएको १० वर्षबीचमै वाग्ले योजना आयोगको उपाध्यक्ष र दुईपटक सदस्य भइसकेका छन् भने पटकपटक पार्टीका अर्थराजनीतिक निकायहरूको नेतृत्वमा पुगिसकेका छन् । गत चुनावमै टिकट पाउने उनको महत्वकांक्षा पूरा नभएपछि उनले पार्टी नेतृत्वविरुद्ध सशक्त ‘मिडिया ट्रायल’ चलाएका थिए । अनि ‘स्वर्णिम जस्ता सिद्धहस्त अर्थ जानकारले टिकट नपाउने ?’ भन्दै राष्ट्रिय मिडियाले रोइलो गरेका थिए । आज भने तिनै मिडियाको क्रेजलाई भजाउँदै रवि लामिछानेलाई वीपी मान्ने दौडमा वाग्ले खडा भएका छन् ।

वाग्लेले लामिछानेमा वीपीको छाप देखेको बताउँदै गर्दा वीपी नै नचिनेका लामिछाने त छक्क परेका छन् नै, वाग्लेलाई हिरो बनाउने राष्ट्रिय मिडिया झन् तीन छक्क परेका छन् । निम्छरो वैचारिक धरातलका मानिसलाई हिरो बनाएकोमा सायद ती प्रायश्चित्त गर्दैछन् । त्यसै भनिएको होइन– ‘स्वार्थी र महत्वाकांक्षी मान्छेको विवेक हुँदैन, आवेशमात्र हुन्छ ।’

वाग्लेले लामिछानेमा वीपीको छाप देखेको बताउँदै गर्दा वीपी नै नचिनेका लामिछाने त छक्क परेका छन् नै, वाग्लेलाई हिरो बनाउने राष्ट्रिय मिडिया झन् तीन छक्क परेका छन् । निम्छरो वैचारिक धरातलका मानिसलाई हिरो बनाएकोमा सायद ती प्रायश्चित्त गर्दैछन् । त्यसै भनिएको होइन– ‘स्वार्थी र महत्वाकांक्षी मान्छेको विवेक हुँदैन, आवेशमात्र हुन्छ ।’ यी सबै उत्ताउला परिघटनाले तनहुँ–१ मा पुराना विद्यार्थी नेता, पदका लागि मरिहत्ते नगरेका र वीपीका सादगीको ‘फलोअर’ भन्न मिल्ने गोविन्द भट्टराईको जीतलाई नै निश्चित बनाएको छ । नेता किसान श्रेष्ठको समेत प्रभाव रहेको यो क्षेत्रमा एकीकृत समाजवादीले भट्टराईलाई नै सघाउने निश्चित छ ।

बारा–२ बाट निर्वाचित जसपा नेता रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि जसपाले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई उमेदवार बनाएको छ । लोकतान्त्रिक–वाम गठबन्धनमा भएर पनि सरकार छाडी माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहलाई रातारात पार्टीमा भित्र्याएर जनमत पार्टीका अध्यक्ष सीके राउतले त्यहीँ उपेन्द्रविरुद्ध खडा गरेका छन् । शिवचन्द्र गत चुनावमा त्यहाँबाट झिनो (तीनसय चानचुन) मतले हारेका प्रमुख प्रतिद्वन्द्वी हुन् । तर, माओवादी केन्द्रले सकेसम्म आफ्नै उमेदवार खडा गर्ने नत्र जसपालाई नै सघाउने भएकोले र कांग्रेसले सघाउने निर्णय गरिसकेकोले बारा–२ मा उपेन्द्रको जीत निश्चित छ । एकीकृत समाजवादीले समेत उपेन्द्रलाई नै सघाउने निश्चित छ । काठमाडौंबाट मरिहत्ते गरेर गएका पूर्व डीआइजी खरेल र एमालेका स्थानीय नेता पुरुषोत्तम पौडेलको उमेदवारी केवल राजनीतिक औपचारिकता मात्र हुनेछ ।

सामान्य हेर्दा चितवन–२ मा पुनः रविले नै जित्ने अनुमान गरिए पनि उनलाई पहिलेजस्तो सजिलो अब छैन । एक त नागरिकता जस्तो संवेदनशील विषयमा अदालतले दोषी सावित गरिकन उनले त्यसलाई सच्याउनु परेको छ भने दोहोरो पासपोर्ट साथमै राखेको मुद्दा र आलोचनाले उनलाई कहिल्यै छाड्ने छैन । त्यसभन्दा मुख्य छोटो सत्तायात्रामा उनले पूर्ववत् ‘एड्भोकेसी’ कै तहमा सही, कुनै जुझारु नेतृत्व दिन सकेनन् ।

आफू उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट बहिर्गमित हुनु परेपछि पनि पुनः सोही पदमा पुग्ने उनको लालसा, त्यसका लागि एमाले अध्यक्ष केपी ओलीलाई पूरै प्रयोग गरिएको सन्दर्भ र प्रधानमन्त्री प्रचण्डले त्यसलाई अस्वीकार गरेपछि कालिदास शैलीमा पार्टीलाई नै सरकारबाट निकालेको घटनाले उनको बचकना राजनीतिकै जनाउ दिन्छ । बरु माओवादी केन्द्रको बलियो समर्थन पाएका कांग्रेसका जीतनारायण श्रेष्ठ जीत निकट छन् । गठबन्धनका अगाडि एमालेका रामप्रसाद न्यौपानेको उमेदवारी पनि औपचारिक जस्तै मात्र हो । सयमबद्ध साप्ताहिकबाट

 


क्याटेगोरी : बिचार, राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट