Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सत्ता गठबन्धन पाँच वर्षसम्मै कायम रहन्छ : माधव नेपाल


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन पाँच वर्षसम्म कायम रहने बताएका छन् ।

बुधवार पार्टीको केन्द्रीय प्रचार विभागले काठमाण्डौमा आयोजना गरेको ‘सम्पादकसँग भेटघाट तथा अन्तरक्रिया’ कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन पाँच वर्षसम्मै कायम रहनेमा ढुक्क हुन आग्रह गरेका हुन् ।

उनले देशमा राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासनलाई ध्यानमा राखेर सत्तारुढ गठबन्धनलाई अगाडि बढाइएको पनि बताए।

उनले भने, ‘यो कति दिनसम्म रहन्छ भन्ने आशङ्का छ । यसको लामो आयु छैन, कसैकसैले मिति पनि तोकेर त्यसभन्दा बढी चल्न सक्दैन भन्ने गरेका छन् । राजनीतिक स्थायित्वलाई ध्यानमा राखेर नै हामीले यो गठबन्धनलाई अगाडि बढाएका छौँ । देशमा राजनीतिक स्थायित्व, विकास, सुशासनका लागि हामीले मिलेर अघि बढ्ने प्रतिबद्धता गरेका छौं ।’

अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन नागरिकको जनादेश अनुसार बनेको र यसले देशलाई मिलेर अघि बढाउने प्रण गरेको पनि बताए ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट