Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सांसदहरुले उठाएका प्रश्नको जवाफ मन्त्रीहरुले अनिवार्य दिनुपर्छ : सांसद पाण्डे


काठमाडौं, चैत २४ गते । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष एवम् सांसद राजेन्द्र पाण्डेले सांसदहरुले उठाएका जनसरोकारको विषयमा मन्त्रीहरुले संसदमा उपस्थित भएर अनिवार्य रुपमा जवाफ दिनुपर्ने व्यवस्था गर्न माग गरेका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पाण्डेले संसदमा उठेका प्रश्नको जवाफ दिनका लागि मन्त्रीलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण पनि गराए । उपाध्यक्ष पाण्डेले जनताको समस्या पोख्ने थलो भए पनि सरकार मुकदर्शक भएर बस्यो भने संसदको अर्थ नहुनेतर्फ पनि सचेत गराए ।

उनले भने, ‘‘संसद जनताको समस्या पोख्ने थलो हो यो । जनताको समस्याका बारेमा यहाँ हामी पोख्छौं । तर सरकार मुकदर्शक भएर बस्यो भने आम जनताका बीचमा त्यो संसदप्रति कस्तो धारणा बन्ला । त्यसैले सभामुख महोदय, म गम्भीरतापूर्वक अब आइन्दा हरेक दिन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु–हरेक दिन एक जना मन्त्रीले आएर आफ्नो मन्त्रालयसँग सम्बन्धित मन्त्रीहरुले यहाँ उठेका प्रश्नहरुको उत्तर दिने खालको परिस्थिति बनोस् । सभामुख महोदयले रुलिङ गरियोस् भन्ने माग गर्दछु ।’’


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #breaking, #rajendra pande

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट